3 years ago
October 13, 2022
म्याग्दी (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलमा गण्डकी प्रदेश समूह विजेताको रुपमा क्वाटरफाइनलमा पुगेको छ ।

म्याग्दीको बेनी बजारस्थित खुल्लामञ्चमा बिहीबारदेखि भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले सुदूरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुआत गरेको हो ।
पहिलो सेटमा गण्डकीले २५–१८ को जित निकाल्न सफल भयो । दोस्रो सेटमा गण्डकीले २५–८ को सहज जित निकालेको गण्डकीले तेस्रो सेटमा २५–२२ ले विजयी हुन सफल भयो ।
यस जितसँगै गण्डकी समूह ‘डी’ बाट समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पराजित सुदूरपश्चिम पनि समूह उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । यो समूहमा दुई टोली मात्रै रहेकाले दुवै टोली अघिल्लो चरणमा पुगेको हो ।

अब गण्डकीले समूह ‘बी’ को उप विजेतासँग तथा सुदूरपश्चिमले ‘बी’ को विजेतासँग खेल्नेछ । प्रतियोगितामा शुक्रबार एपिएफ र कर्णाली, बागमती र प्रदेश १ तथा पुलिस र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ ।
महिला भलिबलमा ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब रहेको छ । समूह ‘बी’ मा बागमती प्रदेश, प्रदेश नम्वर १ र मधेश प्रदेश रहेको छ । बागमतीमा होङ्गान्जी न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबका अधिकांश खेलाडी रहेका छन् ।
समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]