3 years ago
October 11, 2022
पोखरा (हाम्रो खेलकुद) – राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषद्विच प्रायोजन सम्वन्धी सम्भौता भएको छ । नवौं राष्ट्रिय प्रतियोगितालाई मध्यनजर राख्दै बाणिज्य बैंकले प्रायोजन सम्झौता गरेको हो ।

सम्झौता पत्रमा राष्ट्रिय बाणिज्य बैंकका महाप्रवन्धक किरण कुमार श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरे ।
झन्डै ३० लाख रुपैयाँ बराबरको सम्झौता भएको हो । बाणिज्य बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा प्रायोजन गरेबापत आफ्नो संस्थाको लोगोसहित विभिन्न विज्ञापन गर्न पाउनेछ ।
जसमा खेल स्थल ओरीपरि होडिङ बोर्ड, स्टल, ब्यानर लगायत बिज्ञापनका सामाग्रीहरु प्रयोग गर्न पाउने छ । यस सम्झौता पश्चात राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय खेलकुद परिषद्विच आगामी दिनमा हुने विभिन्न प्रतियोगिताहरुमा पनि प्रायोजन सम्बन्धि यात्रालाई निरन्तरता प्रदान गर्ने सहमती भएको छ ।
विगत लामो समय देखि खेलकुदका विभिन्न खेललाई प्रायोजन गर्दै आईरहेको बाणिज्य बैंकले नवौं राष्ट्रिय प्रतियोगितामा पनि आफ्नो प्रायोजन सम्वन्धि अग्रसरतालाई कायम गर्दै प्रायोजन गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]