3 years ago
October 12, 2022
काठमाडौं (हाम्रो खेलकुद)– गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटनमा ओलम्पिक फ्लेम प्रज्वलन गरिने ओलम्पिक टर्च बुधबार लुम्बिनी पुर्याइदैछ ।

उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पियन टोलीले ओलम्पिक टर्च काठमाडौंबाट लुम्बिनी हुँदै नवौंको आयोजनास्थल गण्डकी प्रदेशको राजधानी पोखरा पुर्याउने छ । ओलम्पिक टर्च लाने मास्के संयोजक रहेको टोलीमा मुकुन्दहरी श्रेष्ठ, रामबहादुर गिरी, अर्जुन पण्डित राजकुमारी पाण्डे र भगवती केसी रहेका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठले टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मुख्यालयबाट ओलम्पिक टर्च हस्तान्तरण गर्दै विदाई गरे । सो अवसरमा कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, पुष्पराज ओझा लगायतको उपस्थिति थियो ।
लुम्बिनी विकास कोषको सहकार्यमा बिहीबार बिहान लुम्बिनीको शान्तिदिप अगाडि ओलम्पिक टर्चका साथ कार्यक्रम गरिने नेपाल ओलम्पियन संघका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिए । ओलम्पियन्स संघले ओलम्पिक टर्चका लागि ओलम्पियनहरुको सिफारिस राखेपलाई गरेको हो ।

सोही टर्च पोखरामा अर्को ५ सदस्यीय गण्डकीका टिकाबहादुर बोगटीसहित सहित गण्डकी प्रदेशका ज्ञानबहादुर बोहोरा, भगवती केसी, सिताराम शाही र राजेन्द्र भण्डारी टोलीलाई हस्तान्तर गरिनेछ । उद्घाटनका दिन शुक्रबार सोही टोली र अन्य ओलम्पियन टोलीले ओलम्पिक टर्चलाई पोखरा रंगशालामा परिक्रमा गराए गण्डकीका जेष्ठ ओलम्पियन सातौं दक्षिण एसियाली खेलकुदका म्याराथनका स्वर्ण पदकविजेता बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने बताइएको छ ।
राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने राखेपले यसअघि नै जानकारी गराइसकेको छ । ७ प्रदेश, ३ विभाग र एनआरएनए गरि ११ टोलीले खेलाडीले ३६ प्रतिस्पर्धात्मक र २ प्रदर्शनी खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]