default_image

3 years ago

October 12, 2022

फेन्सिङमा बागमतीलाई तेस्रो दिन दुई स्वर्ण

192 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तरगत फेन्सिङमा तेश्रो दिन थप दुई स्वर्ण हात पारेको छ । यससँगै बागमती ४ स्वर्णसहित पदक तालिकामा अग्रस्थानमा रहेको छ ।

बुधबार पुरुष टिम फ्वईलतर्फ बागमतीले विभागीय त्रिभुवन आर्मी क्लबलाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

यस्तै महिलाको सेवर टिम ईभेन्टस्मा पनि बागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई ४ पु¥याउँदै पदक तालिकामा आफुलाई अग्रस्थानमा पु¥याउन सफल भएको हो । बागमतीले आर्मीलाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । एपिएफ र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

पोखरा रंगशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको महिला इपी तर्फको प्रतिस्पर्धामा आर्मीले स्वर्ण हात पारे । आर्मीले एपिएफलाई ४५–४० ले पराजित ग¥यो । प्रदेश १ र सुदूरपश्चिमले कास्य जिते ।

फेन्सिङमा बागमती प्रदेश ४ स्वर्ण, एक रजतसहित ५ पदक जित्दै शीर्षस्थानमा छ । आर्मी ३ स्वर्ण, ५ रजत र ६ कास्य सहित १४ पदकसहित दोस्रो स्थानमा छ । एपिएफ १ स्वर्ण, ३ रजत र ६ कास्यसहित १० पदक जितेर तेस्रो स्थानमा छ ।

सुदुरपश्चिम प्रदेश १ स्वर्ण २ कास्यगरी ३ पदक जितेको छ । प्रदेश १ ले ३ कास्य जितेको छ । गण्डकी प्रदेश १ कास्य जितेको छ । बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलगायतले पुरस्कार वितरण गरेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.