default_image

अन्य

April 9, 2022

सागका स्वर्णधारी नवीन च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नविन रसाइली प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ६७ केजी तौल समूहमा च्याम्पियन बनेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै नवीनले स्वर्ण पदक जितेका हुन् । त्यसअघि […]

April 9, 2022

कमला र मनिषाको जोडीलाई बिच भलिबल उपाधि

पाल्पा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबकी कमला पुन र मनिषा चौधरीको जोडीले पहिलो सञ्जय स्मृति राष्ट्रिय स्तरको महिला बिच भालिबलको उपाधि जितेका छन् । पाल्पाको रानीमहलमा शनिबार भएको फाइनलमा कमला र मनिषाको जोडीले लुम्बिनी प्रदेशकी सरस्वती कट्टेल र भावना डाँगीको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । पहिलो […]

April 9, 2022

महेन्द्रलाई इन्डियन एम्बेसडर गल्फको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र मैनालीले गोकर्ण गल्फ क्लबमा शनिबार भएको भारतीय राजदूत आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । १२ ह्यान्डीक्यापमा खेलेका महेन्द्रले प्रतिष्ठित ट्रफी सहित क्यालावेको एपिक फ्लास ड्राइभर जित्नको लागि ४१ स्टेबलफर्ड अंक अंक बनाए । १५ वर्षिय सद्भाव आचार्यले ३८ ग्रस अंक जोडेर उत्कृष्ट ग्रसको अवार्ड जिते । उनको कार्डमा सातौं, […]

April 9, 2022

पुलिसका साजन र एपिएफका वीर फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– दुई विभागिय टोली नेपाल पुलिस क्लबका साजन मोक्तान र एपिएफका वीरबहादुर तामाङबीच प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५० केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार साजनले सुदूरपश्चिम प्रदेशका टपेन्द्र ठकुराठीलाई ८–० ले नकआउट गरेका […]

April 9, 2022

सागका स्वर्णधारी नवीन र सुवास फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नविन रसाइली र एपिएफ सुवास घताने प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ६७ केजी तौल समूहको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार नविनले बागमती निमा शेर्पालाई ८–० ले […]

April 9, 2022

सागकी पदक विजेता एस्तर र शान्ता स्वर्णका लागि भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता एपिएफकी एस्तर राई र त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठबीच महिला ६१ केजी तौल समूह कुमुतेको स्वर्ण पदकका लागि भिड्ने भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार सेमिफाइनलमा एस्तरले बागमती प्रदेशकी रमिता माझीलाई १५–७ र शान्ताले […]

April 9, 2022

विजयको जित, एपिएफलाई तेस्रो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफका विजय श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्राई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । योसँगै जारी प्रतियोगितामा एपिएफको स्वर्ण पदक संख्या ३ […]

April 8, 2022

ललितपुर मेयर कप भलिबल बैशाख पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका दोस्रो मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बैशाख पहिलो सातादेखि हुने भएको छ । आयोजक जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले दोस्रो संस्करणको प्रतियोगिता आगमी वैशाख ६ देखि १० गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितालाई ललितपुर महानगरपालिकाले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताका खेलहरु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको […]

April 8, 2022

इमान अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका उपाध्यक्ष शिव कोइरालाले तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई खेल सामाग्री प्रदान गरी एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन सब जुनियर पुरुष ३३ केजीमाथि भारतका नुर जन्नथ, क्याडेट […]

April 8, 2022

बाबु साबलाई किङ अफ द रिङ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – मिस्टर बाबु साबले रेस्लिङ प्रतियोगिताको रोयल रम्बलमा ४ प्रतिस्पर्धीलाई पराजित गर्दै किङ अफ द रिङको उपाधि शुक्रबार जितेका छन् । बसन्तपुर डबलीमा भएको प्रतियोगितामा बाबु साबले नेपालका नेपाली ब्रो, यती, स्कोरपियन, लिजार्ड किङसहित दुई भारतीय रेस्लरलाई पराजित गरे । हिमालयन टाइगर प्रो रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिताको महिलामा भगवती र जुरेलीबीचको भिडन्तमा […]

Success

Thank you for your time.