default_image

4 years ago

April 9, 2022

विजयको जित, एपिएफलाई तेस्रो स्वर्ण

363 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एपिएफका विजय श्रेष्ठले प्रथम कृष्णप्रसाद भट्राई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन विजयले बागमती प्रदेशका सुबिन खत्रीलाई ५–२ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । योसँगै जारी प्रतियोगितामा एपिएफको स्वर्ण पदक संख्या ३ पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबले ६ स्वर्ण पदक जित्दा त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण पदक जितेको छ । प्रदेश १ र बागमती प्रदेशले समान १ स्वर्ण पदक जितेका छन् । अन्य ५ प्रदेशले भने स्वर्ण पदकको खाता खोल्न सकेका छैनन् ।

पहिलो खेलमा प्रदेश १ का खगेन्द्र राईलाई ५–० ले हराउँदै अघि बढेका विजयले क्वार्टरफाइनलमा आर्मीका राकेश लामा ४–४ को बराबरीपछि पहिलो अंक जोडेका आधारमा जित निकालेका थिए । सेमिफाइनलमा विजयले पुलिसका सोनाम लामालाई ८–५ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेका थिए । उता सुविनले क्वार्टरफाइनलमा गण्डकी प्रदेशका बमिन गुरुङलाई ६–२ र सेमिफाइनलमा सुदूरपश्चिम प्रदशेका प्रदीप मगरलाई ११–८ ले हराउँदै फाइनलमा पुगेका थिए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललिलपुर जिल्ला प्रमुख डोजोको संयुक्त आयोजनामा भएको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल कराते महासंघले १९ औं एसियाली खेलकुदको प्रारम्भिक छनोटको मान्यता दिएको छ । शनिबार सम्म चल्ने प्रतियोगितामा ७ प्रदेश, ३ विभाग (सेना, प्रहरी र एपिएफ) का २ सय १० खेलाडीको सहभागिता रहेको छ ।

महिलातर्फ ८ र पुरुषतर्फ ९ इभेन्ट्समा २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगितालाई सम्झना ल्याबले मुख्य प्रायोजन गरेको छ । लिनिङ र सान सोजु सह प्रायोजक रहेको प्रतियोगितालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका,बागमती गाउँपालिका र क्लासिक डायमण्ड सहयोगकी रुपमा रहेका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुँदैछ ।

प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता–२०७८

महिल एकल काता

प्रथम– निर्मला तामाङ,नेपाल प्रहरी

द्वितीय – संगिता मगर,नेपाली सेना

तृतीय – सरिता श्रेष्ठ,एपिएफ

तृतीय – प्रतीक्षा पाख्रिन, प्रदेश नं १

महिला टिम काता

प्रथम नेपाल (प्रहरी)– १ चचला दनुवार २. सरु कार्की ३. निर्मला तामाङ

द्वितीय (नेपाली सेना)– १. सरिता मगर २. रिना श्रेष्ठ ३. शुभद्रा रम्तेल

तृतीय (प्रदेश नं. १) – १.सबना राई, २. इन्द्र माया तामाङ ३. रिया राई

तृतीय (बागमती प्रदेश)– १.सन्जु देशार २. नानु शाक्य ३. श्रृजना महत्तरा

४५ के जी. महिला कुमुते

प्रथम – कुसुम खड्का,नेपाली सेना

द्वितीय – पर्सिया चौधरी,मधेश प्रदेश

तृतीय – दिपा लामा,एपिएफ

तृतीय– निशा थापा, सुदूरपश्चिम प्रदेश

५० के. जी. महिला कुमुते

प्रथम – मिस्ली श्रेष्ठ ,नेपाली सेना

द्वितीय – अनिता पुन मगर, लुम्बिनी प्रदेश

तृतीय – सोनु श्रेष्ठ, बागमती प्रदेश

तृतीय – एलिना विक, एपिएफ

५५ केजी महिला कुमुते

प्रथम – सोनी राई,नेपाल पुलिस

द्वितीय – विद्या कला राई, प्रदेश १

तृतीय – गिता विक., लुम्बिनी प्रदेश

तृतीय – मनिषा चौधरी, एपिएफ.

–६८ केजी महिला कुमुते

प्रथम – निरुपा तामाङ, नेपाली सेना

द्वितीय –दायना ओझा,एपिएफ

तृतीय – सुनिता महर्जन, नेपाल प्रहरी

तृतीय – श्रद्दा थापा,बागमती प्रदेश

+६८ के जी महिला कुमुते

प्रथम –अनुपमा मगर,एपिएफ

द्वितीय – सनि तामाङ ,नेपाली सेना

तृतीय – सोनिया मोक्तान,बागमती प्रदेश

तृतीय – एरिका गुरुङ, नेपाल प्रहरी

पुरुष एकल काता
प्रथम – महसुस मोक्तान, नेपाल प्रहरी

द्वितीय – स्वर्णिम मानन्धर,एपिएफ

तृतीय – प्रविण मानन्धर,नेपाली सेना

तृतीय – रोहित राई, प्रदेश नं. १

पुरुष टिम काता

प्रथम ( एपिएफ)– १. अनिल चौधरी २. स्वर्णिम मानन्धर ३. युवराज सिंह

द्वितीय (नेपाली सेना)– १. जवारी लाख खत्री २. प्रविण मानन्धर ३. विनय लिम्बु

तृतीय ( नेपाल प्रहरी)– १.महसुस मोक्तान,२. जगत सिंह धामी ३. फुर्तेन तामाङ

तृतीय (प्रदेश नं. १) – १.रोहित राई २. विवेक राई ३. अशेष मगर

५५ के.जी पुरुष कुमुते

प्रथम – विजय श्रेष्ठ, एपिएफ

द्वितिय – सुबिन खत्री, बागमती

तृतिय – सोनाम लामा, नेपाल प्रहरी

तृतिय – प्रदीप मगर, सुदूरपश्चिम

६० के.जी पुरुष कुमुते

प्रथम– सन्तोष श्रेष्ठ,बागमती प्रदेश

द्वितीय– रोशन भट,सुदूरपश्चिम

तृतीय – सोनम राम घर्ती अगर,लुम्बिनी प्रदेश

तृतीय – सरोज पासवान,मधेश प्रदेश

७५ के.जी पुरुष कुमुते

प्रथम– गंगा राम कुसुवार,नेपाल प्रहरी

द्वितीय– रोशन बलामी, बागमती प्रदेश

तृतीय – कृष्ण बिष्ट,लुम्बिनी प्रदेश

तृतीय – मोहम्मद सेख आलम,एपिएफ

– ८४ के.जी. पुरुष कुमुते

प्रथम – राजन खड्का,प्रदेश नं १

द्वितीय– सुरेश जप्रेल,नेपाली सेना

तृतीय– दिवस श्रेष्ठ,नेपाल प्रहरी

तृतीय – प्रकाश खड्का,एपिएफ

+८४ के. जी. पुरुष कुमुते

प्रथम – बिप्लव श्रेष्ठ,नेपाल प्रहरी

द्वितीय – आशिष थापा,बागमती प्रदेश

तृतीय – सागर राउत,प्रदेश नं. १

तृतीय – बिपेन राज सिं दोर्जी, नेपाली सेना

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.