default_image

भलिबल

March 7, 2021

एपिएफको लगातार दोस्रो जित

नेपालगन्ज (हाम्रो खेलकुद) – सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा नेपाल एपिएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । आइतबार नेपालगन्जस्थित रंगशाल कर्भहलमा भएको खेलमा एपिएफले लुम्बिनी युनाइटेड टिममाथि ३-० को सोझो सेटमा पराजित गर्दै दोस्रो जित हात पारेको हो । एपिएफले लुम्बिनी युनाइटेडलाई २५-८, २५-१२ र २५-८ ले हराएको हो । पहिलो […]

March 7, 2021

डायमन्ड गर्ल कृपाको आर्मी अध्याय

सुबास हुमागाईं, काठमाडौं भलिबलमा कृपा अधिकारीको नाम लिँदा न्यु डायमन्डसँगको उनको नाता स्वतः जोडिएर आउँछ । १२ वर्षसम्म न्यु डायमन्डको जर्सीमा खेलेकी कृपाले तीन वर्षअघि अकस्मात क्लबबाट भौतिक नाता भने तोड्नुपर्यो । नेपालगन्जमै भएको प्रधानमन्त्री कपमा न्यु डायमन्डको जर्सीमा अन्तिम पटक उत्रेकी उनै कृपा तीन वर्षपछि सोहि प्रतियोगिताको सातौं संस्करणमा आइतबार पूर्व टोलीविरुद्ध पहिलो पटक खेल्ने […]

March 6, 2021

पुलिसको लगातार दोस्रो जित

नेपालगन्ज (हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा पुलिस लुम्बिनी युनाइटेड टिमलाई ३-० को सोझो सेटमा पराजित गर्दै लिगमा शीर्षस्थानमा उक्लिएको छ । नेपालगन्जस्थित रंगशालाको कर्भहलमा भएको खेलमा एकपक्ष जित निकाल्ने क्रममा पुलिसले लुम्बिनीलाई […]

March 6, 2021

आर्मीलाई हराउँदै एपिएफको विजयी सुरुवात

नेपालगन्ज (हाम्रो खेलकुद) – सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता दोस्रो दिन पहिलो खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटले पराजित गदै विजयी सुरुवात गरेको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा एपिएफले आर्मीलाई २४-२६, २५–२३, २५–१६, २५-२३ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । शनिबार नेपालगन्जस्थित […]

March 6, 2021

एपिएफ र आर्मी भिड्दै

नेपालगन्ज (हाम्रो खेलकुद) – सातौं संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबलमा आज दुई खेलमा प्रतिस्पर्धा हुदैछ । उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लबले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग आज १ बजे नेपालगन्जस्थित कभर्डहलमा प्रतिस्पर्धा गर्दैछ । एपिएफ आर्मीलाई हराउदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग कप्तान विनिता बुढाथोकी, रेश्मा भण्डारी, सरस्वती चौधरी, नेविका […]

March 5, 2021

आर्मीको विजयी सुरुवात

नेपालगन्ज (हाम्रो खेलकुद) – सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले स्थानिय टोली लुम्विनी युनाइटेड टिममाथि सहज जित निकाल्दै विजयी सुरुवात गरेको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा आर्मीले स्थानिय टोली लुम्विनी युनाइटेड टिममाथि ३–० को एकपक्षीय जित निकाल्यो । आर्मीले लुम्बिनीमाथि २५–८, २५–८ र २५–७ को […]

March 5, 2021

न्यु डायमन्डलाई हराउँदै पुलिसको विजयी सुरुवात

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई हराउँदै विजयी सुरुवात गरेको छ । शुक्रबार नेपालगन्जस्थित रंगशालाको कर्भहलमा भएको खेलमा पुलिसले न्यु डायमन्डलाई ३-२ को सेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । पुलिस पहिलो, तेस्रो र पाँचौ सेटमा विजयी भएको थियो […]

March 5, 2021

अबको आवश्यकता,भलिबलमा व्यवसायिकता

प्रकाश तिमल्सिना, नेपालगन्ज सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको ३ वर्ष नाघिसकेको छ । राष्ट्रिय खेल भएका कारण होइन भलिबल नेपालमा पहिला देखि नै लोकप्रिय थियो । लोकप्रिय हुनाका वावजुद भलिबल कुनै बेला निष्क्रिय थियो । पछिल्लो ८ वर्ष देखि भने भलिबल सक्रिय छ । नेपाल भलिबल संघको सक्रियतासँगै देशभर भलिबल आयोजनाको लहर नै चलेको […]

March 5, 2021

पुलिस र न्यु डायमन्ड भिड्दै

नेपालगन्ज (हाम्रो खेलकुद) – सातौ संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता नेपाल पुलिस क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो १ बजेपछि नेपालगन्जस्थित रंगशालाको कर्भहलमा हुनेछ । साविक विजेता पुलिस न्यु डायमन्डलाई हराउदै उपाधि रक्षा अभियानमा उभिनेछ । पुलिसले गत संस्करणमा घरेलु भलिबलको चर्चित टोली नेपाल […]

March 4, 2021

प्रधानमन्त्री कप भलिबलको सम्पूर्ण तयारी पूरा

बाँके (हाम्रो खेलकुद) – बाँके जिल्ला भलिबल संघको आयोजनामा सगरमाथा सिमेन्ट सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको छ । फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको आयोजक बाँके भलिबल संघले जनाएको छ । प्रतियोगितामाविभागिय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, […]

Success

Thank you for your time.