3 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछापले प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा मंगलबार भएको फाइनलमा मामा भान्जा स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
पहिलो सेट २५–२३ ले जितेको सैलुङले दोस्रो सेट १८–२५ ले गुमाउन पुग्यो । त्यसपछिको दुवै सेट समान २५–१९ र २५–१९ ले आफ्नो पक्षमा पार्दै सैलुङ च्याम्पियन बन्न सफल भयो ।
त्यसअघि ब्रदर्श स्पोर्ट्स क्लबलाई ३–२ को सेटमा पराजित गर्दै कन्चन स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको छ । मंगलबार नै सेमिफाइनलको खेल भएको थियो ।

उपाधिसँगै सैलुङले १ लाख रुपैयाँकप र गोल्ड मेडल प्राप्त गरेको छ । दोस्रो भएको मामा–भान्जाले ५० हजार, कप र सिल्भर मेडल हात पारेको छ । तेस्रो भएको कन्चन स्पोर्ट्स क्लबले २५ हजार रुपैया, कप र ब्रन्ज मेडल तथा चौथो भएको ब्रदर्सले १५ हजार रुपैया हात पार्नेछ ।
सैलुङका समिप श्रेष्ठ सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले ६ हजार रुपैयाँसहित कप हात पारे । मामा भान्जाका सन्जु विक्रम शाह उत्कृष्ट स्पाइकर र मामा भान्जाकै विष्णु बस्नेत उत्कृष्ट सर्भर चुनिए । सैलुङका मनोज घिमिरे उत्कृष्ट सेटर र सैलुङकै भरत खत्री ब्लकर चुनिए । उनीहरुले समान ३ हजार रुपैयाँ हात पारेको छ ।

विजयी टोलीलाई नेपाल भलिबल संघका सदस्य जुनु पुन, दीपक लामा र ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याल र किरण घायललगायतले पुरस्कृत गरे । १४ पुसबाट भएको प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]