default_image

3 years ago

January 1, 2023

गण्डकीको भलिबल टोली घोषणा

425 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघले अर्काे सातादेखि राजधानीमा शुरु हुने सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको लागि पुरुषतर्फको टोली घोषणा गरेको छ ।

हरि कुमार श्रेष्ठ संयोजक रहेको तीन सदस्यीय छनोट समितिले आइतबार गण्डकीको पुरुषतर्फको १२ सदस्यीय टोली घोषणा गरेको हो । छनोट समितिमा प्रदेश खेलकुद परिषद गण्डकीमा प्रशिक्षक रमेश केसी र राजेन्द्र जिसी छन् ।

अल राउन्डरमा स्याङ्जाका हरि पाण्डे र पर्वतका सन्जय परियार छन् । ओपन स्पाइकरमा नवलपुरका घनश्याम चौधरी, बागलुङका रवि केसी, स्याङ्जाका सन्तोष थापा मगर, र नवलपुरका किरण गुरौं छन् । मिडल ब्लकरमा नवलपुरका हिमाल सुनारी, बागलुङका दीपक मल्ल ठकुरी र बागलुङकै इन्द्र विक रहेका छन् । सेटरमा म्याग्दीमा सुजन चोखाल र बागलुङका मिन सुनार तथा लिवेरोमा स्याङ्जाका राजन दर्लामी मगर छन् ।

गण्डकीका प्रशिक्षक रमेश केसीले बजेटका कारण यसपटक टोलीमा विदेशी खेलाडी नहुने बताएका छन् । यस्तै गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङले महिला टोलीमा विदेशी खेलाडी रहने र केही दिनमा नै टोली सार्वजनिक गरिने बताएका छन् ।

‘भारत चेन्नईका तीन खेलाडीहरुसँग कुराकानी भइरहेको छ । उनीहरुले आउने पक्का गरेपछि महिला टोलीको पनि घोषणा गर्नेछौं ।’ अध्यक्ष गुरुङले भने, ‘बजेटकै कारण पुरुष टोलीमा विदेशी खेलाडी ल्याएका छैनौं । तर, पुरुष टोली निकै सशक्त बनेको छ । राम्रो नतिजाको लागि प्रयास गर्नेछौं ।’

सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुँदैछ । च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १५ र महिलामा ८ टोलीको सहभागिता पक्का भइसकेको संघले जनाइनसकेको छ ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिप टप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानिलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछाप र सुदूर पश्चिम प्रदेश गरि १५ टोलीको सहभागिता पक्का भइसकेको छ ।

त्यस्तै महिलातर्फ एपिएफ क्लब, पुलिस, आर्मी, न्यु डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरी ८ टिमहरुको सहभागीता रहने छ ।

लिगकम नकआउटको आधारमा हुने यस च्याम्पियसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी एनभिए लिगमा प्रवेश पाउनेछ ।

च्याम्पियनसिपको पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैया र शिल्ड हात पार्नेछ । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैया प्राप्त गर्नेछन् ।

संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।

गण्डकीको पुरुष भलिबल टोली
अलराउन्डर – हरि पाण्डे र सन्जय परियार
ओपन स्पाइकर – घनश्याम चौधरी, रवि केसी, सन्तोष थापा मगर र किरण गुरौं
मिडल ब्लकर – हिमाल सुनारी, दीपक मल्ल ठकुरी र इन्द्र विक
सेटर – सुजन चोखाल र मिन सुनार
लिवेरो – राजन दर्लामी मगर

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.