3 years ago
January 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन स्पोर्ट्स क्लब ‘ए’, किङ्स क्लब र ब्रदर्श स्पोर्ट्स क्लब प्रथम ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपका क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा आइतबार भएको प्रि–क्वाटरफाइनलमा न्युटन ‘सी’ लाई २५–२१ र २५–१९ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।
यस्तै अर्काे प्रि–क्वाटरफाइनलमा ब्रदर्श स्पोर्ट्स क्लबले मैदान स्पोर्ट्स क्लबलाई २५–१८ र २५–१६ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल हुँदा किङ्स क्लबले पनि सौजन्य पर्वत गेस्ट हाउसलाई २५–२३, २४–२६ र २५–१६ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफm भयो ।
यस्तै कन्चन स्पोर्ट्स क्लबले ढोरपाटन ‘सी’ लाई २५–१३ र २५–१९ ले तथा गणतान्त्रिक टिमले जेनेक्स भलिबल क्लबलाई २२–२५, २५–१९ र २५–२१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको छ ।

यस्तै सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछापले न्युटन ‘डी’ लाई २५–२१, २४–२६ र २५–२० ले तथा बुढानिलकण्ठ भलिबल क्लबले घोराखारी युवा क्लबलाई ३२–२० र २५–२२ ले पराजित गर्दा मामा भान्जा र रुवी भ्याली धादिङबीचको अन्तिम प्रि–क्वाटरफाइनल खेल लाइट प्रोटेस्टका कारण हुन नसकेको ढोरपाटन स्पोर्ट्स क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । सोमबार क्वाटरफाइनलका खेलहरु हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, कप र गोल्ड मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले ५० हजार, कप र सिल्भर मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले २५ हजार रुपैया, कप र ब्रन्ज मेडल प्राप्त गर्नेछ । चौथो हुनेले १५ हजार रुपैया हात पार्नेछ ।

च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले ६ हजार रुपैया तथा व्यक्तिगत विधातर्फ पनि जनही ३ हजार रुपैया प्रदान गरिने आयोजकले जनाएको छ ।
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]