default_image

भलिबल

July 20, 2020

प्रतिभालाई खेलाडी कल्याणकारी कोषबाट सहयोग

काठमाडौं (हाम्रो खेलकुद)— भलिबल खेलाडी प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषमार्फत आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेको कोषले ब्याज रकमबाट खेलाडीलाई सहयोग गर्दै आएको छ । कोषले गतवर्ष चोट लागेपछि शल्यक्रिया गराएर हाल फिजियोथेरापी गराइरहेकी प्रतिभालाई २ लाख रुपैयाँ सहयोग गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]

July 15, 2020

राखेप सदस्यसचिवमा सिलवालसँगै भलिबलकी अञ्जु र निलमको आवेदन

काठमाडौं (हाम्रो खेलकुद) –निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसँगै पूर्व राष्ट्रिय महिला भलिबल खेलाडीद्वय अन्जु श्रेष्ठ र निलम बज्राचार्यले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव पदमा आवेदन दिएका छन्। राखेप सदस्य–सचिवको लागि खुला आह्वान गरिएको एक दिन बाँकी रहँदा सिलवालले आफ्नो प्रतिनिधिमार्फत बुधबार आवेदन दिएका  हुन् । बुधबारै श्रेष्ठ र बज्राचार्यले पनि स्वयं आवेदन दिएका हुन् […]

June 28, 2020

भलिबलको मुख्य प्रशिक्षकमा सिंह नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भलिबल खेलतर्फ मुख्य प्रशिक्षकको रुपमा प्रज्वलबहादुर सिंहलाई नियुक्ति दिएको छ । यसअघि मुख्य प्रशिक्षक रहेकी सलिना श्रेष्ठको पदावधि सकिएपछि सिंहले आइतबार उनको स्थानमा नियुक्ति पत्र प्राप्त गरेका हुन् । सिंहले यसअघि पनि राष्ट्रिय टोलीको प्रशिक्षकका रुपमा काम गरेका छन् । उनी राखेपअन्तर्गत काठमाडौं जिल्लामा प्रशिक्षकका रुपमा […]

June 25, 2020

एफआइभिबीबाट भलिबल संघलाई म्याट सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभिबी) बाट भलिबल खेल्ने म्याट सहयोग स्वरुप प्राप्त गरेको छ । झन्डै ७० लाख रुपैयाँ बराबरको म्याट गत साता काठमाडौं आइपुगेको संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए । फाइल तस्बिर एफआइभिबी डेभलपमेन्ट हव २०१९ प्रोजेक्टमा छनोट भएर म्याट प्राप्त गरेको बताइएको छ । एफआइभिबीले सामाग्री पठाएको यो चौथो […]

June 20, 2020

भलिबलका सफल प्रशिक्षक भट्ट

प्रकाश तिमल्सिना, काठमाडौं झन्डै ४० महिना यता नेपालको भलिबलको प्रगती हेर्ने हो भने लोभलाग्दो छ । राष्ट्रिय खेल घोषणा भएसँगै घरेलु भलिबलमा प्रतियोगिताको निरन्तरता सँगै अन्तर्राष्ट्रिय सहभागिता पनि बढ्दो छ । अन्तर्राष्ट्रिय स्तरमा त झन् नेपालले सफलता पनि हासिल गरेको छ । नेपालको पुरुष टोलीले २०७३ को चैतमा नेपालको पुरुष टोलीले पहिलो अन्तर्राष्ट्रिय पदक जितेको […]

June 9, 2020

राखेप सदस्य सचिव भन्छन् – भलिबल कभर्ड हलका लागि ५० लाख !

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले भलिबलको कभर्ड हल निर्माणका लागि रातो किताबमा ५० लाख रुपैयाँ छुट्टाइएको बताएका छन् ।   युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेल भलिबलका लागि केहि रकम छुट्टाइएको जानकारी दिएको भोली पल्ट मंगलबार सदस्य सचिव सिलवालको यस्तो दाबी सार्वजनिक भएको हो । प्रतिनिधि […]

June 9, 2020

चिकित्सक संघलाई भलिबल संघको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ को समयमा सबै भन्दा अग्रमोर्चामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीका लागि नेपाल भलिबल संघले स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघले नेपाल चिकित्सक संघलाई एन ९५ मास्क र फेस सेल्ड मंगलबार हस्तान्तरण गरेको छ । चिकित्सक संघको प्रदर्शनीमार्गस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल […]

June 6, 2020

भलिबललाई बजेट नदिएकोमा श्रेष्ठको गुनासो

काठमाडौं (हाम्रो खेलकुद) – सांसद जीवनराम श्रेष्ठले राष्ट्रिय खेल भलिबललाई बजेट विनियोजन नगरेकोमा गुनासो गरेका छन् । प्रतिनिधि सभामा आर्थिक वर्ष २०७७-०७८ बजेटको छलफलमा भाग लिने क्रममा शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष समेत रहेका श्रेष्ठले भलिबलका लागि बजेट कम भएको बताएका हुन् । ‘भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गरेको छ । तर भलिबल […]

June 4, 2020

सञ्जय स्मृति प्रतिष्ठानको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय स्मृति प्रतिष्ठानले पर्वतको कुश्मा नगरपालिका वडा नं ११ को पकुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले वडा नं ११ का वडाअध्यक्ष शिव पौडेलमार्फत स्वास्थ्य चौकीलाई समान हस्तान्तरण गरिएको थियो । कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री […]

June 1, 2020

गण्डकीले साग पदक विजेतालाई नगदसहित सम्मान गर्ने

विजय नेपाली , पोखरा गण्डकी प्रदेश सरकारले स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) छ महिना भन्दा लामो समयपछि पदक जित्ने आफ्ना खेलाडी र प्रशिक्षकलाई सम्मान गर्ने घोषणा गरेको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गर्ने बताएका हुन् । मंसिर १५ […]

Success

Thank you for your time.