October 20, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको स्वर्ण पदक एपिएफले जितेको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै एपिएफ च्याम्पियन बनेको हो । एपिएफले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा एपिएफ २७-२५ ले विजयी भयो । तेस्रो सेटमा २६-२४ को रोमान्चक जित निकाल्दै […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद) – घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष भलिबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा एपिएफले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । एकपक्षीय खेलमा एपिएफले २५–२१, २७–२५ र २५–१५ […]
October 19, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फको स्वर्ण जित्दा बागमती प्रदेशले कास्य जितेको छ । एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाज्माई ३–१ को सेटमा हराउँदै स्वर्ण जित्न सफल भयो । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा बुधबार भएको फाइनलको पहिलो सेट एपिएफले २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको […]
October 19, 2022
पोखरा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुषतर्फको फाइनलमा पुगेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २१–२५, २५–२३ र २५–१९ ले हराएको थियो । सेमिफाइनल खेलका दौरान पुलिसका झमनसिंह दर्जी […]
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – तीन विभागीय टोलीसँगै गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार क्वाटरफाइनलमा आर्मी, पुलिस, एपिएफ र गण्डकी प्रदेशले अन्तिम चारमा स्थान पक्का गरेका हुन् । पहिलो क्वाटरफाइनलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–२१, २५–१३ र २५–२० ले हरायो । दोस्रो खेलमा आर्मीले बागमती प्रदेशलाई […]
October 18, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ फाइनलमा प्रवेश गरेका छन् । एपिएफले बागमती प्रदेशलाई तथा पुलिसले घरेलु टोली गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा भेट तय गरेका हुन् । म्याग्दीको बेनीस्थित खुल्लामञ्चको भलिबल कोर्टमा मंगलबार भएको पहिलो सेमिफाइनलमा एपिएफले बागमती प्रदेशमाथि ३–१ को […]
October 18, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलतर्फको एकै खेलमा तीन खेलाडी घाइते भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको क्वाटरफाइनल दौरान एपिएफका दुई तथा लुम्बिनीका एक खेलाडी घाइते भएका हुन् । दोश्रो सेटमा ५–३ को अग्रता लिइरहँदा एपिएफका मिडल ब्लकर रुपेन्द्र गैह्रे घाइते हुन […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार पुरुष भलिबलमा लिग चरणका खेल सकिएसँगै प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा सोमाबार भएको खेलमा प्रदेश १ ले मधेश प्रदेश र सुदूरपश्चिमले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । तुलनात्मक रुपमा […]
October 17, 2022
म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको क्वाटरफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेका हुन् । दोस्रो क्वाटरफाइनलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपिएफसँगको भेट […]
October 17, 2022
म्याग्दी (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लब म्याग्दीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा एपिएफले लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । एपीएफले लुम्बिनीमाथि २५–१५, २५–१८ र २५–१० को सेटमा जित निकाल्यो । […]