4 years ago
September 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र भारतबीच दशरथ रंगशालामा सम्पन्न मैत्रीपूर्ण खेलमा हाम्रो खेलकुद डट कम र सिजी फुड्सको उत्पादन वाइवाइ डाइनामाइटले संयुक्त रुपमा आयोजना गरेको कन्टेस्टको विजेतालाई पुरस्कार वितरण गरिएको छ ।

दुवै महादेशीय प्रतियोगिताको फाइनलमा गरेर झन्डै ८ हजार जनाले स्कोर अनुमान लगाएका थिए । त्यसमध्य सहि स्कोर मिलाउने ५-५ जनाले प्रतिव्यक्ति १ बक्स डाइनामाइट चाउचाउ र टिसर्ट जितेका थिए । विजेताहरुलाई सिजी प्रतिनिधिमार्फत पुरस्कार हस्तान्तरण गरिएको थियो ।
सिजीले वाइवाइ डाइनामाइट चाउचाउ एक्स्ट्रा स्पाइसी चिकेन स्वादमा सय ग्राम तौलको प्याकमा उपलब्ध गराएको छ । यसको बजार मूल्य ५० रूपैयाँ कायम गरिएको छ । चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । यो सामान्य खुद्रा पसलदेखि सुपर मार्केटसम्म सजिलै उपलब्ध रहेको छ ।

November 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले शैक्षीक परामर्श संस्था केआइइसीसंग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले मंसिर १ गते देखि सुरु हुने दोस्रो एनपिएलमा प्रतिस्पर्धा गर्दैछ । केआइइसीले विदेशमा अध्ययन गर्न चाहने र सफल अन्तर्राष्ट्रिय करियर निर्माण गर्न उत्सुक विधार्थीका लागि २० वर्ष देखि शैक्षिक परामर्श दिदै […]
November 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- क्लाउड फ्याक्ट्रीले तेस्रो सिई कर्पोरेट टि-टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुढानिलकण्ठको चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा शनिवार राति भएको फाइनलमा क्लाउडले राष्ट्रिय बाणिज्य बैंकलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । ७३ रनको लक्ष्य क्लाउड फ्याक्ट्रीले १ बल बाँकी हुँदा ३ विकेट गुमाएर भेटायो। टोलीका ओपनर जुलेन महर्जनले सर्वाधिक […]
November 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सत्यज्योत जंगबहादुर राणाले ‘द हिमालयन स्विङ ओपन २०२५’ च्यारिटी गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। रोटरी क्लब अफ हिमालयन गोल्फर्स (आरसिएचजी) ले ‘गल्फ फर अल’ अन्तर्गत नेपालमा उदाउँदै गरेका महिला गोल्फ खेलाडीको प्रतिभा विकास र प्रवर्द्धनका लागि आयोजना गरिएको थियो। गोकर्णा फरेस्ट रिसोर्ट गल्फ क्लबमा आज भएको प्रतियोगितामा सत्यज्योतले ४४ स्टेबलफोर्ड अंकसहित उत्कृष्ट […]