default_image

4 years ago

November 15, 2021

अष्ट्रेलियालाई टि२० विश्वकपको उपाधि जिताउन नायक बनेका पाँच खेलाडी

170 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले पहिलो पटक टि२० विश्वकपको उपाधि जितेको छ । आइतबार आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै च्याम्पियन बनेको हो । यसअघि अष्ट्रेलियाले पाँच पटक एकदिवसिय विश्वकप र दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।


प्रतियोगिता अघि अष्ट्रेलियालाई सेमिफाइनलमै पुग्न कठिन देखिएको थियो । तर उत्कृष्ट प्रदर्शनका साथ अष्ट्रेलियाले उपाधि नै जितेको छ । च्याम्पियन ट्याग फर्काएको छ । अष्ट्रेलिया सुपर १२ को समूह १ मा ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । अष्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । समूह चरणमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो । इंग्ल्यान्डसँग भने अष्ट्रेलिया ८ विकेटले पराजित भएको थियो । श्रीलंकालाई ७ विकेट, बंगलादेश र वेस्टइन्डिजलाई ८–८ विकेटले पराजित गरेको थियो । अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउन महत्वपूर्ण योगदान दिने पाँच खेलाडी :

५.म्याथ्यु वेड

विकेटकिपर म्याथ्यु वेड सेमिफाइनल खेलमा पाकिस्तानविरुद्ध टोलीको नायक बनेका थिए । पाकिस्तानलाई ५ विकेटले हराउँदै फाइनलमा पुर्याउन वेडले अन्त्यमा १७ बलमा २ चौका र ४ छक्का सहित ४१ रनको आक्रामक इनिङका साथ अविजित रहँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

एक समय सेमिफाइनलबाटै बाहिरिन लागेको अष्ट्रेलियालाई म्याथ्यु वेडले उत्कृष्ट प्रदर्शनका साथ फाइनलमा पुर्याएका थिए । त्यसैले अष्ट्रेलियालाई उपाधि जिताउन वेडको योगदान निकै महत्वपूर्ण छ । अष्ट्रेलियाले सहज जित हात पार्दा उनले अन्य खेलमा भने खासै ब्याटिङको अवसर पाएनन् ।

४. मिचेल मार्श

शीर्षक्रमका ब्याटर मिचेल मार्श फाइनलमा प्लेयर अफ द म्याच चुनिए । फाइनलमा अष्ट्रेलियालाई सहज जित दिलाउन मार्शले ५० बलमा ६ चौका र ४ छक्का सहित ७७ रनको अविजित इनिङ खेलेका थिए । मार्शले शीर्षक्रममा विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे ।

यसअघि सेमिफाइनलमा पाकिस्तानविरुद्ध २८ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । वेस्टइन्डिजविरुद्ध ५३ र बंगलादेशविरुद्ध १६ रनमा अविजित थिए । मार्शले ५ इनिङमा कुल १ सय ८५ रन बनाएका थिए । अष्ट्रेलिया च्याम्पियन बन्नुमा उनको पनि योगदान महत्वपूर्ण छ ।


३. जोश हेजलवुड

अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकपको उपाधि जिताउन तीव्र गतिका बलर जोश हेजलवुडको प्रदर्शन महत्वपूर्ण रह्यो । हेजलवुडको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले सहज रुपमा उपाधि जित्यो । फाइनलमा न्युजिल्यान्डविरुद्ध हेजलवुडले ४ खेलमा १६ रन खर्चेर ३ विकेट लिएका थिए ।

नयाँ बलका साथ हेजलवुडले पावर प्लेमा लगातार विकेट लिएका थिए । हेजलवुडले ७ खेलमा २४ ओभर बलिङ गर्दै १ सय ७५ रन खर्चेर कुल ११ विकेट लिए । हेजलवुड वेस्टइन्डिजविरुद्ध ४ ओभरमा ३९ रन खचेर ४ विकेट लिएका थिए । पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले हराउन हेजलवुडले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।


२. एडम जाम्पा

स्पिनर एडम जाम्पाले युएईको पिचको राम्रोसँग सदुपयोग गरे । यस विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका जाम्पाले प्रतियोगिता भर उच्च प्रदर्शन गरे । जाम्पाले ७ खेलमा २७ ओभर बलिङ गर्दै १ सय ५७ रन खर्चेर १३ विकेट लिए । जाम्पाले मध्यक्रममा निरन्तर विकेट लिदै विपक्षीलाई सस्तैमा समेटेका थिए ।

जाम्पाले बंगलादेशविरुद्ध ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए । दक्षिण अफ्रिका र श्रीलंकाविरुद्ध २–२ विकेट लिएका थिए । जाम्पाले विश्वकपमा सबै खेलमा निरन्तर विकेट लिएका थिए । अष्ट्रेलिया कप्तान आरोन फिन्चले फाइनल पछि आफ्नो लागि जाम्पा प्लेयर अफ द टुनामेन्ट समेत रहेको बताएका थिए ।

१. डेविड वार्नर

अष्ट्रेलियालाई उपाधि जिताउन ओपनर डेविड वार्नरको प्रदर्शन निकै महत्वपूर्ण रह्यो । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका वार्नरले उच्च प्रदर्शन गरे । प्रतियोगिता अघि खराब लयका साथ आलोचना समेत खेपेका वार्नरले आलोचकलाई जवाफ दिँदै अष्ट्रेलियालाई टि२० विश्वकप च्याम्पियन बनाए ।

वार्नरले ७ खेलमा ३ अर्धशतक सहित २ सय ८९ रन बनाएका थिए । फाइनलमा वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा आउट भएका थिए । वार्नरले सेमिफाइनलमा पाकिस्तानविरुद्ध ३० बलमा ३ चौका र ३ छक्का सहित ४९ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । समूह चरणमा वेस्टइन्डिज विरुद्ध ८९ र श्रीलंकाविरुद्ध ६५ रनको इनिङ खेलेका थिए । दक्षिण अफ्रिकाविरुद्ध १४, इंग्ल्यान्डसँग १ र बंगलादेशविरुद्ध १८ रनमा आउट भएका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.