default_image

4 years ago

November 15, 2021

आइसिसीको उत्कृष्ट ११ मा भारतीय खेलाडी परेनन्

226 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२१ टि२० विश्वकप प्रदर्शनको आधारमा सार्वजनिक गरेको उत्कृष्ट ११ खेलाडीमा भारतीय खेलाडी अटाएका छैनन् । आइसिसीले टि२० विश्वकप २०२१ को मोष्ट भ्यालुएबल टिम अफ द टुनामेन्ट सार्वजनिक गर्दा कुनैपनि भारतीय खेलाडी परेका छैनन् ।

आइतबार फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । आइसिसीले सार्वजनिक गरेको मोष्ट भ्यालुएबल टिम अफ द टुनामेन्टमा भारतीय खेलाडीसँगै विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका पाकिस्तानका ओपनर मोहम्मद रिजवान पनि छैनन् । आइसिसीको विश्वकप उत्कृष्ट टोलीमा अष्ट्रेलियाबाट सर्वाधिक तीन खेलाडी अटाएका छन् । श्रीलंका, दक्षिण अफ्रिका र इंग्ल्यान्डबाट दुई दुई खेलाडी अटाएका छन् । पाकिस्तान र न्युजिल्यान्डबाट एक एक खेलाडी अटाएका छन् ।

दोस्रो चरणबाट बाहिरिएका दक्षिण अफ्रिका र श्रीलंकाबाट दुई दुई खेलाडी अटाएका छन् । आइसिसीले पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमलाई कप्तान राखेको छ । इंग्ल्यान्डका विकेटकिपर जस बटलरलाई विकेटकिपर र मोईन अलीलाई अलराउन्डको भूमिकामा राखेको छ । आइसिसीले मोष्ट भ्यालुएबल टिम अफ द टुनामेन्ट यस प्रकार छ :

डेविड वार्नर (अष्ट्रेलिया) – २ सय ८९ रन

जस बटलर /विकेटकिपर (इंग्ल्यान्ड) – २ सय ६९ रन

बाबर आजम /कप्तान (पाकिस्तान) – ३ सय ३ रन

चारिथ असलंका (श्रीलंका) – २ सय ३१ रन

एडेन माक्ररम (दक्षिण अफ्रिका) – १ सय ६२ रन

मोईन अली (इंग्ल्यान्ड) – ९२ रन र ७ विकेट

वानिन्दु हसरंगा (श्रीलंका) – १६ विकेट र १ सय १९ रन

एडम जाम्पा (अष्ट्रेलिया) – १३ विकेट

जोश हेजलवुड (अष्ट्रेलिया) – ११ विकेट

ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड) – ११ विकेट

एनरिच नोर्किया (दक्षिण अफ्रिका) – ९ विकेट

शाहिन शाह अफ्रिदी (१२ औं खेलाडी, पाकिस्तान) – ७ विकेट

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.