default_image

4 years ago

November 16, 2021

नेपाली महिला क्रिकेट टोलीले कतारसँग खेल्दै

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग पहिलो टि२० आई खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा दोहामा सुरुहुनेछ । नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि नेपालले कतारसँग तीन टि२० आई सिरिज खेल खेल्न लागेको हो । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।

तुलनात्मक रुपमा कमजोर कतारमाथि नेपालको लक्ष्य सहज जित हुनेछ । अर्को सातादेखि युएईमा हुने एसिया छनोट तयारीको लागि नेपालले कतारसँग सिरिज खेल्न लागेको हो । कतार र युएईको वातावरण सुहाउँदो हुँदा खेलाडीलाई सहज हुनेछ । नेपालको लक्ष्य कतारको वातावरण बुझ्ने र ब्याटिङ सुधार हुनेछ ।

नेपालले कमजोर कतारमाथि ब्याटिङ सुधारमा ध्यान दिनेछ । ओपनिङ अनुभवी ब्याटर सीता राना मगर र ज्याति पाण्डेले गर्नेछन् । शीर्षक्रममा कप्तान रुविना क्षेत्री वेलवासे हुनेछिन् । रुविना टोलीको प्रमुख हतियार हुन् । मध्यक्रममा ईन्दु बर्मा र सरिता मगर हुनेछन् । फिनिसरमा दुई आक्रामक ब्याटर डली भट्ट र कविता जोशी हुनेछन् । कविता नेपाली टोलीमा डेब्यू गर्दैछिन् । तीव्र गतिका बलरमा कविता कुँवर र सबनम राई हुनेछन् । प्रमुख स्पिनरमा करुणा भण्डारी र संगीता राई मध्य एक हुनेछन् ।

कतारको कप्तानी स्नेहा चन्दनानीले गर्नेछिन् । कतारको प्रमुख ब्याटरमा आयशा हुन् । उनले ४ खेलमा १ सय ६ रन बनाएकी छिन् । एन्जेलिन मारे र साची धडवाल बलरको रुपमा छन् । कतारले नेपालसँग सिक्न खोज्नेछ ।

नेपाली महिला टोलीले २३ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्ने छ । पछिल्लो पटक नेपाली महिला क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ७ डिसेम्बरमा पोखरामा खेलेको थियो । त्यसपछि नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय खेल भने खेलेका छैन । कोरोना महामारी र नेपाल क्रिकेट संघ (क्यान) को सुस्तताको कारण झण्डै दुई वर्षदेखि महिला क्रिकेट टोली अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल बिहीन बनेको थियो ।

नेपाली महिला टोलीले पहिलो पटक टि२० आई खेल सन् २०१८ मा थाईल्यान्ड वुमन्स साम्समा चीनविरुद्ध खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल सहित, थाईल्यान्ड, भुटान, इन्डोनिसिया, युएई, चीन, मलेसिया, हङकङ र म्यानमारको सहभागीता थियो । नेपाल फाइनलमा थाईल्यान्डसँग ७० रनले पराजित भएको थियो ।

फेब्रुअरीमा थाईल्यान्डमा भएको आइसिसी वुमन्स टि२० विश्वकप एसिया रिजन छनोटमा थाईल्यान्डसँग ५७ रनले पराजित हुँदै विश्वकप छनोट खेल्नबाट बन्चित बनेको थियो । थाईल्यान्डले ग्लोबल छनोटमा उत्कृष्ट प्रदर्शनका साथ विश्वकपमा स्थान बनाउँदै दमदार प्रदर्शन गरेको थियो ।

पछिल्लो समय दुई घरेलु प्रतियोगिता भने भएका छन् । गत पुषमा दाङको लमहीमा भएको प्रधानमन्त्री महिला टि२० राष्ट्रिय प्रतियोगिता र चैतमा ललितपुर वुमन्स टि२० च्याम्पियन्ससिप भएको थियो । त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ लाग्ने कार्यक्रम छ। टोली अभ्यासको लागि कात्तिक १८ मा बंगलादेश भ्रमण गएको थियो ।

बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकएसपि) सँग तीन खेलको टि२० सिरिज २–१ ले जितेको थियो । तर कोरोना मापदण्ड पालना गर्न नसक्दा उडान छुटेपछि नेपाली महिला टोली बसमा स्वदेश फर्किएको थियो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि२० ग्लोबल छनोटमा स्थान बनाउने छ ।

नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला टोलीः

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र सङ्गीता राई ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.