4 years ago
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँग पहिलो टि२० आई खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । दोहामा रहेको वेस्ट इन्टरनेशल क्रिकेट स्टेडियममा कतारकी कप्तान आयशाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले आज अलराउन्डर कविता जोशीलाई डेब्यू दिएको छ । कविता स्पिन बलिङसँगै तल्लोक्रममा आक्रामक सटहरु प्रहार गर्ने गर्दछिन् ।

नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि नेपालले कतारसँग तीन टि२० आई सिरिज खेल खेल्न लागेको हो । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।
तुलनात्मक रुपमा कमजोर कतारमाथि नेपालको लक्ष्य सहज जित हुनेछ । अर्को सातादेखि युएईमा हुने एसिया छनोट तयारीको लागि नेपालले कतारसँग सिरिज खेल्न लागेको हो । कतार र युएईको वातावरण सुहाउँदो हुँदा खेलाडीलाई सहज हुनेछ । नेपालको लक्ष्य कतारको वातावरण बुझ्ने र ब्याटिङ सुधार हुनेछ ।
नेपाली महिला टोलीले २३ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्ने छ । पछिल्लो पटक नेपाली महिला क्रिकेट टोलीले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा ७ डिसेम्बरमा पोखरामा खेलेको थियो । त्यसपछि नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय खेल भने खेलेका छैन । कोरोना महामारी र नेपाल क्रिकेट संघ (क्यान) को सुस्तताको कारण झण्डै दुई वर्षदेखि महिला क्रिकेट टोली अन्तर्राष्ट्रिय प्रतियोगिता र खेल बिहीन बनेको थियो ।
नेपालको प्लेइङ ११ : काजल श्रेष्ठ(विकेटकिपर), सीता रानामगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, सरस्वती चौधरी, रुविना क्षेत्री बेलबासे(कप्तान), संगिता राई, कविता कुँवर, अप्सरी बेगम र कविता जोशी
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]