4 years ago
November 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर इन्दु बर्माको अर्धशतकमा नेपालले पहिलो डब्लूटि२० आई खेलमा कतारलाई १ सय ४७ रनको कीर्तिमानी लक्ष्य दिएको छ । कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।

नेपाली महिला टोलीले डब्लूटि२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रननै नेपालको उच्च योगफल हुँदै आएको थियो । नेपालकी इन्दु बर्माले ४७ बलमा ५ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिइन् । इन्दु रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् ।
इन्दु नेपालका लागि डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । उनले ४५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । यसअघि डब्लूटि२० आईमा नेपालबाट महिला टोलीले अर्धशतक प्रहार गर्न सकेका थिएनन् । नेपाली महिला टोलीको टि२० आईमा उच्च प्रदर्शन सीता राना मगरको नाममा सन् २०१९ मा इन्डोनेसियाविरुद्ध ४८ रन थियो ।
सीता ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् । सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि इन्दु बर्मा र सीताले ८८ रनको कीर्तिमानी साझेदारी गरेका थिए । डब्लूटि२० आई खेलमा नेपालको बनेको हालसम्मकै उच्च साझेदारी हो । यसअघि इन्दु र सीतालेनै इन्डोनेसियाविरुद्ध दोस्रो विकेटका लागि गरेको ७० रनको साझेदारी उच्च थियो ।
सबिजा प्रनाायनको १२ औं चौथो बलमा विकेटकिपर रिज्फा बानोबाट स्टम्पिङ आउट भएपछि सीता अर्धशतक बनाउन चुकेकी थिइन् । दुई बलपछि कप्तान रुविना क्षेत्री बेलबास शून्यमा रन आउट भएकी थिइन् । नेपालले ओपनर काजल श्रेष्ठलाई दोस्रो ओभरको पाँचौं बलमा ब्यक्तिगत ३ रनमा गुमाएको थियो । एन्जेलिन मारेको बलमा काजल कटएण्ड बोल्ड आउट भएकी थिइन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]