default_image

4 years ago

November 16, 2021

कतारमाथि नेपालको सानदार जित

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको पहिलो टि२० आई खेलमा सानदार जित हात पारेको छ । पहिलो खेलमा नेपालले कतारमाथि १ सय १९ रनको कीर्तिमानी जित हात पारेको छ । योसँगै तीन डब्लूटि२० आई सिरिजमा नेपालले १–० को अग्रता लिएको छ ।

महिला २० आई खेलमा नेपालले हात पारेको यो हालसम्मै ठूलो जित हो । यसअघि नेपालको सर्वाधिक ठूलो जित २०१९ मा इन्डोनेसियाविरुद्ध ९२ रन थियो । जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अल आउट भयो । कतारकी खादिजा इम्तियाज र एन्जेलिन मारेले सर्वाधिक ८-८ रन बनाए ।

नेपालको उत्कृष्ट बलिङ सामु घरेलु टोली कतारका ७ खेलाडीले खाता नखोली आउट भएका थिए । नेपालको घातक बलिङ सामु कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो ओभरमै तीव्र गतिकी बलर कविता कुँवरले दुई ब्याटरलाई आउट गरेकी थिइन् । दोस्रो बलमा कप्तान आयशालाई शून्यमा एलबीडब्लू आउट गरेकी थिइन् ।

तेस्रो बलमा साची धडवाललाई शून्यमा एलबीडब्लू गरेकी थिइन् । पाँचौं ओभरमा स्पिनर सीता रानामगरले दुई विकेट लिँदै सहज जिततर्फ अघि बढाएकी थिइन् । पाँचौं ओभरको दोस्रो बलमा सीताले ओपनर केरी पोन्सेटलाई ७ रनमा बोल्ड आउट गरिन् । अर्को बलमा एलिना खानलाई शून्यमा बोल्ड गरेकी थिइन् ।

नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले १.५ ओभरमा १ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

त्यसअघि कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।

नेपाली महिला टोलीले डब्लूटि२० आईमा बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रननै नेपालको उच्च योगफल हुँदै आएको थियो । नेपालकी इन्दु बर्माले ४७ बलमा ५ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिइन् । इन्दु रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् ।

इन्दु नेपालका लागि डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । उनले ४५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । यसअघि डब्लूटि२० आईमा नेपालबाट महिला टोलीले अर्धशतक प्रहार गर्न सकेका थिएनन् । नेपाली महिला टोलीको टि२० आईमा उच्च प्रदर्शन सीता राना मगरको नाममा सन् २०१९ मा इन्डोनेसियाविरुद्ध ४८ रन थियो ।

सीता ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् । सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् । दोस्रो विकेटका लागि इन्दु बर्मा र सीताले ८८ रनको कीर्तिमानी साझेदारी गरेका थिए । डब्लूटि२० आई खेलमा नेपालको बनेको हालसम्मकै उच्च साझेदारी हो । यसअघि इन्दु र सीतालेनै इन्डोनेसियाविरुद्ध दोस्रो विकेटका लागि गरेको ७० रनको साझेदारी उच्च थियो ।

सबिजा प्रनाायनको १२ औं चौथो बलमा विकेटकिपर रिज्फा बानोबाट स्टम्पिङ आउट भएपछि सीता अर्धशतक बनाउन चुकेकी थिइन् । दुई बलपछि कप्तान रुविना क्षेत्री बेलबास शून्यमा रन आउट भएकी थिइन् । नेपालले ओपनर काजल श्रेष्ठलाई दोस्रो ओभरको पाँचौं बलमा ब्यक्तिगत ३ रनमा गुमाएको थियो । एन्जेलिन मारेको बलमा काजल कटएण्ड बोल्ड आउट भएकी थिइन् ।

नेपालले कतारसँग दोस्रो खेल बुधबार र तेस्रो खेल बिहीबार खेल्नेछ । नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट खेल्न पाउने छन् ।

नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.