default_image

4 years ago

November 16, 2021

नेपालको फराकिलो जितमा बनेका चार कीर्तिमान

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले पहिलो टि२० आई खेलमा कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

कतारको दोहारमा रहेको वेस्ट इन्ड इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । नेपालकी इन्दु बर्माले ४७ बलमा ५ चौका सहित सर्वाधिक ५५ रनको योगदान दिइन् । इन्दु रिटायर्ट हर्ट हुँदै अर्को खेलाडीलाई मौका दिएकी थिइन् ।

सीता रानामगर ३३ बलमा ५ चौका सहित ३९ रनमा आउट भइन् । सरिता मगर २१ बलमा २ चौका सहित २१ रनमा रन आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् । जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अल आउट भयो । कतारकी खादिजा इम्तियाज र एन्जेलिन मारेले सर्वाधिक ८-८ रन बनाए ।

नेपालको उत्कृष्ट बलिङ सामु घरेलु टोली कतारका ७ खेलाडीले खाता नखोली आउट भएका थिए । नेपालको घातक बलिङ सामु कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले १.५ ओभरमा १ रन खर्चेर ३ विकेट लिइन् । सीता रानामगरले २ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । कविता कुँवरले २ ओभरमा ६ रन खर्चेर २ विकेट लिइन् । करुणा भण्डारीको नाममा १ विकेट रह्यो ।

कतारसँग दोस्रो खेल नेपालले बुधबार खेल्नेछ । पहिलो खेलमा भने नेपालले ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गरेको छ । नेपालले फराकिलो जित निकाल्दा बनेका ४ राष्ट्रिय कीर्तिमान यस प्रकार छन् ।

४. नेपाली महिला टि२० आईको उच्च साझेदारी

नेपाललाई कीर्तिमानी योगफलमा पुर्याउन दोस्रो विकेटका लागि इन्दु वर्मा र सीताले ८८ रनको साझेदारी गरेका थिए । महिला टि२० आई खेलमा नेपालका ब्याटरले गरेको यो उच्च साझेदारी हो । यसअघि इन्दु र सीतालेनै दोस्रो विकेटका लागि इन्डोनेसियाविरुद्ध ७० रनको साझेदारी नेपालको लागि उच्च रहँदै आएको थियो ।

३. नेपाली महिला टि२० आईमा पहिलो अर्धशतक

इन्दु नेपाली महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् । इन्दुले १७ औं ओभरको पहिलो बलमा एक रन लिँदै महिला टि२० आईमा नेपालको लागि अर्धशतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान राखेकी थिइन् । उनले ४५ बलमा अर्धशतक पूरा गरेकी थिइन् । यसअघि व्यक्तिगत उच्च प्रदर्शन सीताले सन् २०१९ मा इन्डोनेसियाविरुद्ध ६२ बलमा १ चौका सहित ४८ रन जोडेकी थिइन् ।

२. उच्च योगफल

नेपाली महिला टि२० आई खेलमा कतारविरुद्ध यो उच्च योगफल हो । यसअघि २०१९ मा थाईल्यान्डको बैंककमा भएको आइसिसी महिला टि२० विश्वकप एसिया छनोट अन्तर्गत मलेसियाविरुद्ध नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो ।

१. सर्वाधिक ठूलो जित

१ सय १९ रनको जित नेपाली महिला टि२० आईको रनको हिसाबमा सर्वाधिक ठूलो पर्दछ । यसअघि नेपालको महिला टि२० आईमा सर्वाधिक ठूलो जित २०१९ मा इन्डोनेसियाविरुद्ध ९२ रन थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.