4 years ago
November 16, 2021
एजेन्सी – पाकिस्तानले तीन दशक पछि आइसिसीको प्रतियोगिता रुपमा च्याम्पियन्स ट्रफी आयोजना गर्ने भएको छ । पाकिस्तानले सन् २०२५ मा आयोजना हुने च्याम्पियन्स ट्रफी आयोजना गर्ने आइसिसीले पक्का गरेको छ । जुन पाकिस्तानले सन् १९९६ को एकदिवसिय विश्वकप पछि आयोजना गरेको पहिलो आइसिसीको प्रमुख प्रतियोगिता हुनेछ ।

पाकिस्तानले सन् १९९६ को एकदिवसिय विश्वकप पछि आइसिसीको प्रतियोगिता आयोजना गरेको छैन । २००८ मा पाकिस्तानमा च्याम्पियन्स ट्रफी आयोजना गर्ने कार्यक्रम भएपनि पछि दक्षिण अफ्रिका सरेको थियो । २००९ मा श्रीलंका खेलाडी चडेको बस लाहोरमा आक्रामण भएपछि पाकिस्तानले यूएईमा आफ्नो घरेलु मैदान बनाउँदै आएको छ ।
२०१५ पछि पाकिस्तानमा घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट फर्किसकेको थियो । दक्षिण अफ्रिका, वेस्टइन्डिज, बंगलादेश, जिम्बावे, आइसिसी विश्व ११ ले भ्रमण गरिसकेका छन् । पछिल्ला दुई संस्करणका पाकिस्तान सुपर लिग सफल रुपमा पाकिस्तानमै सम्पन्न भएको छ । अष्ट्रेलियाले २०२२ मार्च अप्रिलमा तीन टेस्ट, तीन ओडिआई र एक टि२० आई खेलको लागि पाकिस्तान भ्रमण गर्ने जनाई सकेको छ । इंग्ल्यान्ड र न्युजिल्यान्ड पनि भ्रमणको तयारीमा छन् ।
अन्तिम पटक च्याम्पियन्स ट्रफी २०१७ मा इंग्ल्यान्डमा भएको थियो । उक्त च्याम्पिन्यस ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । त्यसपछि च्याम्पियन्स ट्रफी आइसिसीले हटाएको थियो । च्याम्पियन्स ट्रफीमा आइसिसीका ओडिआई वरीयताका शीर्ष ८ टोलीले प्रतिस्पर्धा गर्ने गर्दछन् ।

आइसिसीले २०२४ देखि २०३१ सम्म हुने प्रमुख प्रतियोगिता हुने स्थान सार्वजनिक गरेको छ । २०२४ को टि२० विश्वकप वेस्टइन्डिज र अमेरिकामा हुनेछ । त्यसको आठ महिनापछि पाकिस्तानमा उक्त प्रतियोगिता हुनेछ । २०२६ को टि२० विश्वकप भारत र श्रीलंकामा हुनेछ । २०२७ को एकदिवसिय विश्वकप दक्षिण अफ्रिका, नामिबिया र जिम्बावेले आयोजना गर्नेछन् ।
अष्ट्रेलिया र न्युजिल्यान्डले २०२८ को टि२० विश्वकप आयोजना गर्नेछन् । २०२९ को च्याम्पियन्स ट्रफी भारतले आयोजन गर्ने छ । २०३० को टि२० विश्वकप इंग्ल्यान्ड, आयरल्यान्ड र स्कटल्यान्डले मिलेर गर्नेछन् । २०३१ को एकदिवसिय विश्वकप भारत र बंगलादेशमा हुनेछ । २०२४ देखि टि२० विश्वकपमा २० र २०२७ देखि ओडिआई विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]