default_image

4 years ago

November 17, 2021

कप्तान रुविनाको अर्धशतकमा कतारलाई नेपालको लक्ष्य

195 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको अर्धशतकमा नेपाली महिला क्रिकेट टोलीले दोस्रो डब्लूटि२० आई खेलमा कतारलाई १ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय २९ रन बनायो ।

नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ४८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा आउट भइन् । रुविना नेपालबाट महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रनको इनिङ खेल्दै पहिलो खेलाडीको कीर्तिमान राखेकी थिइन् ।

युवा अलराउन्डर कविता कुँवरले ३० बलमा २ छक्का सहित ३१ रनमा आउट भइन् । कतारकी एन्जेलिन मारेले तेस्रो ओभरको पाँचौं बलमा एलिना खानबाट ओपनर ज्योति पाण्डेलाई ६ रनमा क्याच आउट गराएकी थिइन् । मारेले नै पाँचौं ओभरको दोस्रो बलमा काजल श्रेष्ठलाई ३ रनमा बोल्ड आउट गरेकी थिइन् । तेस्रो विकेटका लागि कविता र रुविनाले ५६ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।

११ औं ओभरको चौथो बलमा सब्जिना पणायनाले कवितालाई क्याच गराउँदै साझेदारी तोडेकी थिइन् । एलिना खानले सरिता मगरलाई ४ रनमा आउट गरिन् । डली भट्ट शून्यमा रन आउट भएकी थिइन् । अप्सरी बेगम १७ बलमा १ चौका सहित २३ रनमा अविजित रहिन् ।

कतारकी एन्जेलिन मारेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिइन् । एलिना खान, साची धडवाल र सबिजा पणायनाले १–१ विकेट लिए । तीन महिला टि२० आई सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.