4 years ago
November 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई सिरिजमा ऐतिहासिक सफलता हात पारेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज २–० ले जितेको छ । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक डब्लूटि२० आई सिरिज जित्न सफल भएको छ । नेपाली महिला टोलीले पहिलो पटक सिरिज खेलेको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा अल आउट भयो । कतारकी कप्तान आयशाले ३२ बलमा २ चौका सहित सर्वाधिक २४ रन बनाइन् । केरी पाउनसेटले १८ बलमा २ चौका सहित १५ रन जोडिन् । एक समय १७–४ को खराब सुरुवात गरेको कतारलाई पाँचौं विकेटका लागि आयशा र केरीले ३४ रनको साझेदारी गरेका थिए । पहिलो खेलमा नेपालसँग २७ रनमा अल आउट भएको कतारले दोस्रो खेलमा भने सुधारिएको ब्याटिङ गरेको थियो ।
दोस्रो ओभरको पहिलो बलमा सरस्वती चौधरीले ओपनर हिराल अग्रवाललाई शून्यमा सवनम राईबाट क्याच गराएकी थिइन् । तीन बलपछि सबिजा पणायना शून्यमा क्याच आउट भएकी थिइन् । चौथो ओभरको तेस्रो बलमा सरस्वतीलेनै साची धडवाल ४ रनमा एलबीडब्लू गरिन् । कप्तान रुविनाले खाडिजा इम्तिजालाई ४ रनमा बोल्ड गरेकी थिइन् ।

१४ औं ओभरको पाँचौं बलमा कविता जोशीले कप्तान आयशालाई बोल्ड आउट गरेकी थिइन् । कविताको यो पहिलो अन्तर्राष्ट्रिय विकेट हो । एलिना खान ६ र एन्जेलिन मारेले ७ रन बनाए नेपालकी मध्यगतिकी बलर सरस्वती कुमारी चौधरीले ४ ओभरमा १ मेडन सहित ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । रुविनाले २.३ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । सबनम राई, संगिता राई र कविता जोशीले १–१ विकेट लिए ।
त्यसअघि वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय २९ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ४८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा आउट भइन् । रुविना नेपालबाट महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रनको इनिङ खेल्दै पहिलो खेलाडीको कीर्तिमान राखेकी थिइन् ।

युवा अलराउन्डर कविता कुँवरले ३० बलमा २ छक्का सहित ३१ रनमा आउट भइन् । कतारकी एन्जेलिन मारेले तेस्रो ओभरको पाँचौं बलमा एलिना खानबाट ओपनर ज्योति पाण्डेलाई ६ रनमा क्याच आउट गराएकी थिइन् । मारेले नै पाँचौं ओभरको दोस्रो बलमा काजल श्रेष्ठलाई ३ रनमा बोल्ड आउट गरेकी थिइन् । तेस्रो विकेटका लागि कविता र रुविनाले ५६ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाएका थिए ।
११ औं ओभरको चौथो बलमा सब्जिना पणायनाले कवितालाई क्याच गराउँदै साझेदारी तोडेकी थिइन् । एलिना खानले सरिता मगरलाई ४ रनमा आउट गरिन् । डली भट्ट शून्यमा रन आउट भएकी थिइन् । अप्सरी बेगम १७ बलमा १ चौका सहित २३ रनमा अविजित रहिन् ।

कतारकी एन्जेलिन मारेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिइन् । एलिना खान, साची धडवाल र सबिजा पणायनाले १–१ विकेट लिए । पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले अन्तिम खेल बिहीबार खेल्नेछ ।
नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो । शुक्रबार महिला टोली युएईतर्फ लाग्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले अर्को वर्ष हुने ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन् । एसिया छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । विजेता टोलीले आगमी वर्ष हुने टि२० ग्लोबल छनोट खेल्न पाउने छन् ।

नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । त्यसको भोली पल्ट मंसिर ७ गते भुटानसँग प्रतिस्पर्धा गर्ने नेपालले मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]