4 years ago
November 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासे कतारसँगको दोस्रो डब्लूटि२० आई खेलमा प्लेयर अफ द म्याच चुनिएकी छिन् । कतारसँगको तीन डब्लूटि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाललाई ६१ रनको जित दिलाउन रुविनाले अलराउन्ड प्रदर्शन गरेकी थिइन् । रुविनाले ५० रन बनाउनुको साथै २ विकेट लिएकी थिइन् ।

नेपालले प्रस्तुत गरेको १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा अल आउट भयो । कतारकी कप्तान आयशाले ३२ बलमा २ चौका सहित सर्वाधिक २४ रन बनाइन् । केरी पाउनसेटले १८ बलमा २ चौका सहित १५ रन जोडिन् । एक समय १७–४ को खराब सुरुवात गरेको कतारलाई पाँचौं विकेटका लागि आयशा र केरीले ३४ रनको साझेदारी गरेका थिए ।
नेपालकी मध्यगतिकी बलर सरस्वती कुमारी चौधरीले ४ ओभरमा १ मेडन सहित ८ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । रुविनाले २.३ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । सबनम राई, संगिता राई र कविता जोशीले १–१ विकेट लिए ।
त्यसअघि वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय २९ रन बनायो । नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले ४८ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा आउट भइन् । रुविना नेपालबाट महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रनको इनिङ खेल्दै पहिलो खेलाडीको कीर्तिमान राखेकी थिइन् । युवा अलराउन्डर कविता कुँवरले ३० बलमा २ छक्का सहित ३१ रनमा आउट भइन् ।
अप्सरी बेगम १७ बलमा १ चौका सहित २३ रनमा अविजित रहिन् । कतारकी एन्जेलिन मारेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिइन् । पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले कतारसँग अन्तिम खेल बिहीबार खेल्नेछ । नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि तयारीको लागि कतारसँग तीन टि२० आई सिरिज सिरिज खेलेको हो । शुक्रबार महिला टोली युएईतर्फ लाग्नेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]