4 years ago
November 17, 2021
एजेन्सी – शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको अर्धशतकमा भारतले पहिलो टि२० आई खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएको छ । योसँगै घरेलु टोली भारतले तीन टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा सूर्यले ४० बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ६२ रनको योगदान दिए । कप्तान रोहित शर्माले ३६ बलमा ५ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए ।
भारतलाई अन्तिम ६ बलमा १० रन चाहिँएको थियो । पार्ट टाइम मध्य गतिका बलर डर्याल मिचेलले पहिलो बल वाइड फ्याँले । डेब्यू खेलको पहिलो बलमै वेंकटेश ऐरले चौका प्रहार गरेका थिए । तर ऐर दोस्रो बलमा रचिन रविन्द्रबाट क्याच आउट भए । तेस्रो बल वाइड फ्याँले । अक्षर पटेलले एक रन बटुले । ऋषभ पन्तले चौथो बलमा चौका प्रहार गर्दै भारतलाई जित दिलाएका थिए ।
भारतलाई ओपनर लोकेश राहुल र रोहितले पहिलो विकेटका लागि ५.१ ओभरमा ५० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । राहुल स्पिनर मिचेल सान्टनरको बलमा मार्क च्यापम्यानबाट १५ रनमा क्याच आउट भएका थिए । १४ औं ओभरको दोस्रो बलमा तीव्र गतिका बलर ट्रेन्ट बोल्टले रचिन रविन्द्रबाट क्याच गराएपछि अर्धशतक बनाउन २ रनले चुकेका थिए ।
विकेटकिपर ऋषभ पन्त १७ बलमा २ चौका सहित १७ रनमा अविजित रहे । ट्रेन्ट बोल्टले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । टिम साउथी, मिचेल सान्टनर र डर्याल मिचेलले १-१ विकेट लिए ।
त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ४२ बलमा ३ चौका र ४ छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । मार्क च्यापम्यानले ५० बलमा ६ चौका र २ छक्का सहित ६३ रन बनाए ।

दोस्रो विकेटका लागि मार्टिन गुप्टिल र मार्क च्यापम्यानले ७७ बलमा १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए । पहिलो ओभरको तेस्रो बलमै भुवनेश्वर कुमारले ओपनर डर्याल मिचेललाई शून्यमा बोल्ड आउट गरेका थिए । १४ औं ओभरमा स्पिनर रविचन्द्रन आश्विनले दुई विकेट लिएका थिए । दोस्रो बलमा च्यापम्यानलाई आश्विनले बोल्ड आउट गरेका थिए । पाँचौं बलमा ग्लेन फिलिप्स शून्यमा एलबीडब्लू आउट भएका थिए । तल्लोक्रमका टिम सिफर्ट १२, रचिन रविन्द्र ७ र मिचेल सान्टनरले ४ रन जोडे ।
भारतका स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र मोहम्मद शिराजको नाममा १-१ विकेट रह्यो । दोस्रो टि२० आई खेल शुक्रबार राँचीमा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]