default_image

4 years ago

November 18, 2021

न्युजिल्यान्डले यू१९ विश्वकप नखेल्ने

153 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले आगमी जनवरी फेब्रुअरीमा वेस्टइन्डिजमा हुने यू१९ विश्वकप नखेल्ने भएको छ । न्युजिल्यान्डले प्रतियोगिताबाट फर्केपछि आफ्ना खेलाडीले पालना गर्नुपर्ने मापदण्डका कारण यू१९ विश्वकपबाट आफ्नो नाम फिर्ता लिएको छ ।

घर फर्कने समयमा खेलाडीहरुलको लागि अनिवार्य क्वारेनटाइन मापदण्ड निकै कडा रहेकाले नाम फिर्ता लिएको आइसिसीले जनाएको छ । क्वारेन्टाइनले खेलाडीहरुलाई असर गर्ने भन्दै न्युजिल्यान्डले यो निर्णय लिएको हो । समूह डी मा रहेको न्युजिल्यान्डले नाम फिर्ता लिएपछि उसको स्थानमा स्कटल्यान्डले मौका पाएको छ ।

वेस्टइन्डिजमा पहिलो पटक यू१९ विश्वकप हुँदैछ । यू१९ विश्वकप १४ जनवरी देखि ५ फेब्रुअरीसम्म चल्नेछन् । १६ टिमबाट कुल ४८ म्याच हुनेछन् । १६ टोलीलाई ४ समूहमा बाँडिएको छ । यू१९ विश्वकप एन्टिगुवा, बर्बुडा, गुयाना र सेन्ट किट्स एण्ड नर्भिस तथा गरि ट्रिनिडाड र टोबागोका १० मैदानमा विश्वकपका खेलहरु हुनेछन् । हरेक समूह शीर्ष दुई टोली क्वाटरफाइनल खेल्न पाउनेछन् ।

यू१९ विश्वकपमा नेपाल भने छैन । कोरोना महामारीको कारण यू१९ एसिया विश्वकप छनोट नभएपछि यूएईले सोझै मौका पाएको थियो । गत संस्करणको उपाधि भारतलाई हराउँदै बंगलादेशको यू१९ टोलीले जितेको थियो । जुन बंगलादेशले जितको कुनैपनि विश्वकप उपाधि थियो ।

यू-१९ विश्वकपको समूह

समूह ए – बंगलादेश, इंग्ल्यान्ड, क्यानडा र युएई

समूह बी – भारत, आयरल्यान्ड, दक्षिण अफ्रिका र युगान्डा

समूह सी – अफगानिस्तान, पाकिस्तान, पपुवा न्युगिनी र जिम्बावे

समूह डी – अष्ट्रेलिया, स्कटल्यान्ड, श्रीलंका र वेस्टइन्डिज

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.