4 years ago
November 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान सीता रानामगरले कतारसँगको तेस्रो डब्लूटि२० आई खेलमा अर्धशतक प्रहार गरेकी छिन् । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै १ सय रन बनाएको छ ।

सीता ४९ बलमा ४ चौका सहित ५२ रनमा अविजित छन् । सीताले ४७ बलमा आफ्नो डब्लूटि२० आई खेलमा पहिलो अर्धशतक प्रहार गरेकी हुन् । समग्रमा सीता नेपालबाट महिला टि२० आईमा अर्धशतक प्रहार गर्ने तेस्रो खेलाडी बनेको छिन् । यसअघि कतारसँग पहिलो खेलमा इन्दु बर्माले ५५ रन बनाउँदै नेपाली महिला क्रिकेटको डब्लूटि२० आईमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी थिइन् । कतारसँग दोस्रो खेलमा कप्तान रुविना क्षेत्री बेलबासेले ५० रनको इनिङ खेलेकी थिइन् ।
दोस्रो विकेटका लागि ज्योति पाण्डे र सीताले ६७ रनको साझेदारी गरेका थिए । ज्योति २० बलमा १ चौका सहित २४ रनमा आउट भइन् । ओपनर काजल श्रेष्ठ ७ रनमा आउट भएकी थिइन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]