default_image

4 years ago

November 19, 2021

टिम पेनले छाडे अष्ट्रेलियाको कप्तानी

109 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका टेस्ट कप्तान टिम पेनले कप्तानीबाट राजीनामा दिएका छन् । चार वर्षअघि महिला सहकर्मीलाई अश्निल सन्देशको आरोप लागेपछि पेनले कप्तानी छाडेको जनाएका छन् । विश्व टेस्ट क्रिकेटकै सर्वाधिक प्रतिष्ठित एशेज सिरिज सुरु हुन तीन हप्ता समय बाँकी रहेको अवस्थामा पेनले कप्तानी छाडेका छन् ।


२०१८ मा स्टिभ स्मिथ बल टेम्परिङ काण्डका कारण एक वर्षको प्रतिबन्धमा परेपछि पेनले अष्ट्रेलिया टेस्ट कप्तानी पाएका थिए । स्मिथ प्रतिबन्धमा परेपछि सिमित ओभरको कप्तानी आरोन फिन्चले गरेका थिए । अष्ट्रेलियाले तीव्र गतिका बलर तथा उपकप्तान प्याट कमिन्सलाई कप्तानको जिम्मेवारी दिने सम्भावना छ । स्टिभ स्मिथ पनि कप्तानको रुपमा फर्किने सम्भावना त्यतिनै छ । दीर्घकालिन कप्तानका रुपमा शीर्षक्रमका ब्याटर मार्नस लाबुसेन बन्न सक्छन् । क्रिकेट अष्ट्रेलियाले यस विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन ।

पेनले २३ खेलमा टेस्ट कप्तानी गर्दा ११ खेलमा जित र ८ खेलमा हार बेहोरेका छन् । चार खेल बराबरीमा सकिएको छ । गत जनवरीमा भारतसँग चार टेस्ट सिरिज घरेलु मैदानमा २–१ ले गुमाएपछि पेनको आलोचना पनि भएको छ । अष्ट्रेलिया र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेल डिसेम्बर ८ देखि १२ सम्म दी गाब्बा ब्रिसबेनमा सुरु हुनेछ । यसै साता टि२० विश्वकप जितेको अष्ट्रेलिया मनोबल पनि उच्च छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.