4 years ago
November 19, 2021
एजेन्सी – दक्षिण अफ्रिका पूर्व कप्तान एवी डिभिलियर्सले सबै क्रिकेट शैलीबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०१८ मा अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सले फ्रेन्चाइज लिगहरु खेल्दै आएका थिए । तर डिभिलियर्सले शुक्रबार सबै क्रिकेटका शैलीबाट सन्न्यासको लिएको जनाएका छन् ।

योसँगै उनी अव खेलाडीको रुपमा मैदान देखिने छैनन् । उनले दक्षिण अफ्रिकाबाट १ सय १४ टेस्ट, २ सय २८ ओडिआई र ७८ टि२० आई खेल खेलेका छन् । डि भिलियर्स विश्व क्रिकेटका सर्वाधिक आक्रामक ब्याटरमा पर्दछन् । मैदानको चारैतर्फ सट प्रहार गर्न सिपालु डि भिलियर्सलाई मिष्टर ३ सय ६० डिग्री भन्ने गरिन्छ । विष्फोटक ब्याटिङ डिभिलियर्सको प्रमुख विशेषता थियो । उनको विष्फोटक ब्याटिङले विश्वका समर्थकलाई आर्कषित गरेको थियो ।
डिभिलियर्सको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक ३१ बलको कीर्तिमान छ । सन् २०१५ मा डिभिलियर्सले वेस्टइन्डिजविरुद्ध ३१ बलमै शतक प्रहार गरेका थिए । इन्डियन प्रिमियर लिग (आइपिएल) मा उनले रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्दै आएका छन् । यस सिजन देखि विराट कोहलीले कप्तानी छाडेपछि डिभिलियर्सलाई कप्तानको दाबेदारको रुपमा समेत हेरिएको थियो ।

उनले १ सय ९१ टेस्ट इनिङमा २२ शतक र ४६ अर्धशतक सहित ८ हजार ७ सय ६५ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन २ सय ७८ रन अविजित छ । २ सय १८ ओडिआई इनिङमा उनले २५ शतक र ५३ अर्धशतक सहित ९ हजार ५ सय ७७ रन बनाएका छन् । उत्कृष्ट प्रदर्शन १ सय ७६ रन छ । ३ सय ४० टि२० खेलमा डिभिलियर्सले ४ शतक र ६९ अर्धशतक सहित ९ हजार ४ सय २४ रन बनाएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]