4 years ago
November 19, 2021
एजेन्सी – पाकिस्तानले बंगलादेशसँग तीन खेलको टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा ४ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन टि२० आई सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ ।

जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा ६ विकेट गुमाउँँदैन पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद नवाज ८ बलमा १ चौका र २ छक्का सहित १८ रनमा अविजित रहे । शादब खान १० बलमा १ चौका र २ छक्का सहित २१ रनमा अविजित रहे । शादव खान र मोहम्मद नवाजले सातौं विकेटका लागि १५ बलमा ३६ रनको अविजित साझेदारी गर्दै पाकिस्तानलाई जित पक्का गराएका थिए ।
पाकिस्तानका खुशदील शाह ३५ बलमा ३ चौका र १ छक्का सहित ३४ रनमा आउट भए । शीर्षक्रमका ब्याटर फखार जमानले ३६ बलमा ४ चौका सहित ३४ रन जोडे । एक समय ६ ओभरमा २४-४ को कमजोर अवस्थामा पुगेको पाकिस्तानलाई पाँचौं विकेटका लागि फखार जमान र खुशदील शाहले ५६ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
ओपनर बाबर आजम ७, मोहम्मद रिजवान ११, हैदर अली र शोएब मलिक शून्यमा आउट भएपछि पाकिस्तानले खराब सुरुवात गरेको थियो । बंगलादेशका तस्किन अहमदले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । माहेदी हसन, शोरिफुल इस्लाम र मुश्ताफिजुर रहमानले १-१ विकेट लिए ।
त्यसअघि शेरे बंगला नेशनल स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । बंगलादेशका युवा ब्याटर अफिफ हुनैसनले ३४ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३६ रनको योगदान दिए । माहेदी हसन २० बलमा १ चौका र २ छक्का सहित ३० रनमा अविजित रहे ।
विकेटकिपर नुरुल हसन २२ बलमा २ छक्का सहित २८ रनमा आउट भए । अन्य ब्याटरको प्रदर्शन राम्रो हुन सकेन । बंगलादेशले ओपनर मोहम्मद नईम र सैफ हसनलाई १-१ रनमा गुमाएको थियो ।
पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । मोहम्मद वासिम जुनियरले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मोहम्मद नवाज र शादब खानले १(१ विकेट लिए । दोस्रो खेल शनिबार हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]