default_image

4 years ago

November 19, 2021

भारतलाई न्युजिल्यान्डको मध्यम लक्ष्य

145 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डले तीन टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा भारतलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । राँचीमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो ।

न्युजिल्यान्डका मध्यमक्रमका ब्याटर ग्लेन फिलिप्सले २१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३४ रन बनाए । न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र डर्याल मिचेलले पहिले विकेटका लागि ४.२ ओभरमा ४८ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर दीपक चाहरको बलमा गुप्टिल टप एज लागेर विकेटकिपर ऋषभ पन्तबाट ३१ रनमा क्याच आउट भए । गुप्टिलले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

मार्क च्यापम्यान १७ बलमा ३ चौकासहित २१ रनमा लोकेश राहुलबाट क्याच आउट भए । तीव्र गतिका बलर हर्षल पटेलको १२ औं ओभरको दोस्रो बलमा डर्याल मिचेल सूर्यकुमार यादवबाट ३१ रनमा क्याच हुन पुगेका थिए । मिचेलले २८ बलमा ३ चौका प्रहार गरे । हर्षलले डेब्यू विकेट हो । विकेटकिपर टिम सिफर्ट १५ बलमा १ चौकासहित १३ रनमा आउट भएका थिए ।

न्युजिल्यान्ड एक समय सुरुवाती १० ओभरमा ८४–२ को बलियो अवस्थामा थियो । तर त्यसपछि भने रनको गतिलाई निरन्तरता दिन नसक्दा मध्यम योगफलमै समेटिएको हो । तल्लोक्रमका जिमी निशम ३, मिचेल सान्टनर ८ र एडम मिल्नेले ५ रन बनाए ।

भारतका लागि डेब्यू खेल खेलेका तीव्र गतिका बलर हर्षल पटेलले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार, रविचन्द्रन आश्विन, दीपक चाहर र अक्षर पटेलले १–१ विकेट लिए । सिरिजमा भारतले १–० को अग्रता लिई सकेको छ । पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.