4 years ago
November 19, 2021
एजेन्सी – कप्तान रोहित शर्मा र लोकेश राहुलको शतकीय साझेदारीसँगै भारतले न्युजिल्यान्डसँगको तीन टि२० आई खेलको सिरिज एक खेल अगावै २–० ले जितेको छ । दोस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै सिरिज जितेको हो ।

जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा कप्तान रोहित शर्माले ४९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए । अर्का ओपनर लोकेश राहुल ३६ बलमा १ चौका र ५ छक्का सहित ५५ रनमा क्याच आउट भए ।
भारतलाई ओपनर रोहित र राहुलले पहिलो विकेटका लागि १३.२ ओभरमा १ सय १७ रनको उत्कृष्ट शतकीय साझेदारीका साथ सहज जित पक्का गराएका थिए । तीव्र गतिका बलर टिम साउथीले रोहितलाई मार्टिन गुप्टिलबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए ।
साउथीलेनै लोकेश राहुल र सूर्यकुमार यादवलाई आउट गरेका थिए ।
ऋषभ पन्त ६ बलमा २ छक्का सहित १२ रनमा अविजित रहे । वेंकटेश ऐर ११ बलमा २ चौका सहित १२ रनमा अविजित रहे । न्युजिल्यान्डका कप्तान टिम साउथीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि राँचीमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो। न्युजिल्यान्डका मध्यमक्रमका ब्याटर ग्लेन फिलिप्सले २१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३४ रन बनाएका थिए । न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र डर्याल मिचेलले पहिले विकेटका लागि ४।२ ओभरमा ४८ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर दीपक चाहरको बलमा गुप्टिल टप एज लागेर विकेटकिपर ऋषभ पन्तबाट ३१ रनमा क्याच आउट भए । गुप्टिलले १५ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।
मार्क च्यापम्यान १७ बलमा ३ चौकासहित २१ रनमा लोकेश राहुलबाट क्याच आउट भए । तीव्र गतिका बलर हर्षल पटेलको १२ औं ओभरको दोस्रो बलमा डर्याल मिचेल सूर्यकुमार यादवबाट ३१ रनमा क्याच हुन पुगेका थिए । मिचेलले २८ बलमा ३ चौका प्रहार गरे । विकेटकिपर टिम सिफर्ट १५ बलमा १ चौकासहित १३ रनमा आउट भएका थिए ।
भारतका लागि डेब्यू खेल खेलेका तीव्र गतिका बलर हर्षल पटेलले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार, रविचन्द्रन आश्विन, दीपक चाहर र अक्षर पटेलले १–१ विकेट लिए । पहिलो खेलमा भारत ५ विकेटले विजयी भएको थियो । तेस्रो टि२० खेल आइतबार कोलकातामा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]