4 years ago
November 20, 2021
काठमाडौं(हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.को कप्तानीमा बागमती प्रदेशले मंसिर ७ देखि काठमाडौंमा सुरु हुने यू१९ राष्ट्रिय प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ ।

शनिबार घोषणा टोलीमा बागमती प्रदेश छनोटमा उत्कृष्ट प्रर्दशन गरेका युवा ब्याटर १३ वर्षिय सूर्यांशु कोइराला, तीव्र गतिका बलर गौतम केसी, प्रतिश र स्पिनर तिलक भण्डारी लगायतका खेलाडी छन् । यू१९ राष्ट्रिय प्रतियोगिता मंसिर ७ देखि १९ सम्म टियु र मुलपानी मैदानमा हुँदैछ ।
उक्त प्रतियोगितामा ७ प्रदेशका टोलीबीच लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । सबै टोलीले लिगको आधारमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले १९ मंसिरमा फाइनल खेल्नेछन् । बागमतीले पहिलो खेल प्रदेश १ सँग मंसिर ७ मा खेल्नेछ ।

गत माघमा भएको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा गौतम कुल ११ विकेट लिएका थिए । तिलकले प्रधानमन्त्री कपमा ८ विकेट लिएका थिए । प्रतिश भने प्रधानमन्त्री कप टोलीमै परेका थिएनन् । तर असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग ९इपिएल० मा विराटनगर किंग्सबाट खेल्दै उत्कृष्ट प्रभाव छाडेका छन् । पिएमकप प्रतिशले यसअघि भने बागमतीबाट खेलि सकेका छन् । प्रतिशले नेपालको यू१६ र यू१९ पनि खेलि सकेका छन् ।
बागमती प्रदेशको यू१९ टोली : सूर्यांशु कोइरला, फरिद खान, स्वपनिल सिंह अधिकारी, विवेक राना मगर, उत्तम थापा मगर, विपिन शाही, प्रतिश जि.सी (कप्तान), प्रतिश श्रेष्ठ, गौतम केसी (उपकप्तान), कृश कार्की, तिलकराज भण्डारी, विशाल यादव, अशोक पौडेल र सक्रियराज कार्की ।
वैकल्पिक :
सौरभ श्रेष्ठ, विपुल खनाल, प्रशान्त महत र रोशन विश्वकर्मा ।
प्रशिक्षक : सन्जय महर्जन
टिम व्यवस्थापक : अनिल अधिकारी
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]