4 years ago
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले सोमबार हङकङसँग खेल्दै आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सुरुवात गर्दैछ । संयुक्त अरव इमिरेट्स (युएई) मा हुने प्रतियोगितामा नेपाल सहित भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ टोलीबीच लिग प्रतिस्पर्धा हुनेछ ।

उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार पहिलो खेलमा हङकङसँग खेल्दै एसिया क्षेत्र छनोटको सुरुवात गर्नेछ । लिगको विजेताले २०२२ मा हुने ग्लोबल छनोट खेल्न पाउनेछ । नेपाली महिला टोली गत आइतबार कतार हुँदै शुक्रबार युएई पुगेको छ ।
नेपाल कतारसँग तीन खेलको डब्लूटि२० आई सिरिजमा सानदार क्लिनस्वीप गर्दै युएई पुगेको छ । नेपाल प्रतियोगिताकै सर्वाधिक बलियो दाबेदार टोली हो । नेपालको लक्ष्य उपाधिका साथ ग्लोबल छनोटमा स्थान बनाउने छ ।
वुमन्स टि२० विश्वकप एसिया छनोटबारे जानकारी
आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि यात्रा सुरुवात हो । टि२० विश्वकप २०२३ स्थान बनाउन नेपालले दुई छनोट खेल्ने पर्नेहुन्छ । नेपाल एसिया छनोटमा च्याम्पियन बनेमा ग्लोबल छनोटमा स्थान बनाउनेछ । ग्लोबल छनोटमा नेपाल सहित विभिन्न क्षेत्रबाट आएका पाँच टोली हुनेछन् ।

आइसिसीका शीर्ष १२ टि२० आई वरीयता भएका टोलीले क्षेत्रिय छनोट खेल्नु पर्दैन । ११ टेस्ट टोलीसँगै थाईल्यान्ड सिधैं विश्वकप खेल्ने दौडमा छन् । टेस्ट टोली अफगानिस्तान प्रतियोगितामा हुने छैन । दक्षिण अफ्रिका घरेलु टोली हुँदा सोझै विश्वकपमा छनोट भएको छ । अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, भारत, वेस्टइन्डिज, पाकिस्तान, श्रीलंका, बंगलादेश, आयरल्यान्ड, थाईल्यान्ड, जिम्बावे मध्य शीर्ष ७ टोली सोझैं विश्वकपमा पुग्नेछन् ।
२०२१ नोभेम्बर ३० मा महिला टि२० वरीयता शीर्ष ७ मा रहने टोलीले सोझै विश्वकपको लागि छनोट हुनेछन् । बाँकी चार टोली नेपाल सहित विभिन्न क्षेत्रबाट छनोट भएर आएका टोलीसँग ग्लोबल छनोटमा भिड्नेछन् । जसमा शीर्ष दुई टोलीले २०२३ मा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् ।
नेपालको सम्भावना ?
एसिया छनोटमा नेपाललाई कुनै कठिन देखिदैन । प्रतिद्धन्द्धी अनुसार नेपालले सहजै ग्लोबल छनोटमा स्थान बनाउन सक्छ । हङकङको महिला टोलीले नेपाललाई केहि प्रतिस्पर्धा दिनसक्छ । युएई घरेलु मैदानको फाइदा उठाउँने सोचमा छ । भुटान, मलेसिया र कुवेतलाई नेपालले सहजै हराउने अनुमान गरिएको छ ।

वरीयतामा नेपाली महिला टोली १४ औं स्थानमा छ । यूएई १७ औं, हङकङ २५ औं, कुवेत ३४ औं र भुटान ४४ औं छ । प्रतियोगितामा ८ टोली भएपनि म्यानमार र चीनले नाम फिर्ता लिएका थिए । चीन नेपालको प्रमुख प्रतिद्धन्द्धी मानिएपनि नाम फिर्ता लिएपछि नेपाललाई थप सहज बनेको हो । नेपालले विश्वकप खेल्न भने अहिलेको तयारी र स्तरमा भने कठिन देखिन्छ । अहिले देखिनै विशेष योजना, राम्रो प्रशिक्षण, व्यवस्थापन र निरन्तर खेल खेल्ने वातावरण भएमा नेपालको सम्भावना देखिन्छ ।
नेपालको तयारी ?
नेपाली महिला क्रिकेट टोलीले झण्डै तीन साता स्वदेशमा अभ्यास गरेको थियो । त्यसपछि एक हप्ताको लागि बंगलादेशको क्रिरा शिक्षा प्रतिष्ठानसँग तीन अभ्यास खेल खेलेको थियो । उक्त तीन अभ्यास खेल २–१ ले जितेको थियो । कोरोना परिक्षण पिसिआर नगरेपछि महिला टोली बंगलादेशबाट बसमा स्वदेश फर्किनु परेको थियो ।
टोली आइतबार कतार पुगेको थियो । कतारमा महिला टोलीले तीन डब्लूटि२० सिरिजमा क्लिनस्विप गरेको थियो । शुक्रबार युएईतर्फ लागेको थियो । नेपालले कतारसँग २३ महिला पछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । नेपालले कतार भन्दा अघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिस्पर्धा गरेको थियो ।
नेपालको उच्च मनोबल
नेपाली महिला टोलीको उच्च मनोबल छ । कमजोर प्रतिद्धन्द्धीसँगै कतार भ्रमणले मनोबल उच्च बनाएको छ । कतारमा भ्रमणमा इन्दु बर्मा, रुविना क्षेत्री र सीता रानामगरले ८२ रनको इनिङ खेलेका थिए । बलरले पनि राम्रो प्रदर्शन गरेका थिए । कतार र युएईको वातावरण मिल्दोजुल्दो छ । खेलाडीको लय, कमजोर प्रतिद्धन्द्धी र दुई अभ्यास सिरिजले नेपालको मनोबल उच्च छ । युएईको तापक्रम ३० डिग्रि सेल्सियसको आसपासमा रहँदा गर्मीमा भने केहि कठिन हुनसक्छ ।

२०१९ एसिया छनोटमा नेपालको प्रदर्शन
२०१९ को एसिया कप छनोटमा महिला टोली दोस्रो स्थानमा रहेर बाहिरिएको थियो । फेब्रुअरीमा थाईल्यान्डमा भएको प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपालले मलेसियालाई ३४ रन, युएईलाई ७ विकेट, हङकङलाई ४ विकेट, चीनलाई ५ रन र कुवेतलाई ३० रनले हराएको थियो । तर थाईल्यान्डसँगको ५७ रनको हारले विश्वकप खेल्ने सपना समाप्त भएको थियो । थाईल्यान्डले ग्लोबल छनोट स्थान बनाउँदै सानदार प्रदर्शनका साथ विश्वकपमा डेब्यू गरेको थियो ।
नेपालको खेल तालिका र समय :
मंसिर ६ (सोमबार) – हङकङसँग, ११ : १५ मध्यान्ह
मसिंर ७ (मंगलबार) – भुटानसँग, ३ : १५ दिउँसो
मंसिर ९ (बिहीबार) – कुवेत, ११ : १५ मध्यान्ह
मंसिर १० (शुक्रबार) – मलेसिया, ११ : १५ मध्यान्ह
मंसिर १२ – (आइतबार) युएई, ११ : १५ मध्यान्ह
नेपाली महिला टोलीः
रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र संगिता राई ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]