4 years ago
November 21, 2021
एजेन्सी – कप्तान दिमुथ करुणरत्नको अविजित शतकीय इनिङमा घरेलु टोली श्रीलंकाले पहिलोे टेस्ट खेलको पहिलो दिन वेस्टइन्डिजविरुद्ध सानदार ब्याटिङ गरेको छ ।

गाले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले पहिलो दिनको समाप्तिमा ८८ ओभरमा ३ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको छ । दिमुथ करुणारत्ने २ सय ६५ बलमा १३ चौका सहित १ सय ३२ रनमा अविजित छन् । दिमुथको यो टेस्ट करिअरको १३ औं शतक हो । धनन्जय डि सिल्भा ७७ बलमा ५ चौका सहित ५६ रनमा अविजित छन् । दिमुथले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै उत्कृष्ट इनिङ खेलेका छन् । पछिल्ला तीनै टेस्ट खेलमा उनले शतक प्रहार गरेका हुन् ।
पहिलो विकेटका लागि ओपनर पाथुम निसांका र दिमुथ करुणारत्नेले १ सय ३९ रनको शतकीय साझेदारीका साथ श्रीलंकालाई उत्कृष्ट सुरुवात दिलाएका थिए । निसांका तीव्र गतिका बलर शेनन ग्रेबियलको बलमा रेहकम कर्नवालबाट क्याच आउट भएका थिए । निसांकाले १ सय ४० बलमा ७ चौका सहित ५६ रनमा क्याच आउट भए ।
मध्यक्रमका ओशदा फर्नान्डो र एन्जिलो म्याथ्युज ३–३ रनमा आउट भए । चौथो विकेटका लागि धनन्जय डि सिल्भा र दिमुथले ९७ रनको अविजित साझेदारी गर्दै विशाल योगफलको बाटो देखाएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]