default_image

4 years ago

November 21, 2021

रोहितको कीर्तिमानी अर्धशतकमा भारतको बलियो योगफल

194 views

0 Bookmark

एजेन्सी – कप्तान तथा ओपनर रोहित शर्माको कीर्तिमानी अर्धशतकमा भारतले न्युजिल्यान्डलाई तेस्रो तथा अन्तिम टि२० आई खेलमा १ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकतामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।

भारतका लागि कप्तान रोहित शर्माले ३१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । रोहितको यो टि२० आई करिअरको ३० औं अर्धशतक हो । रोहित टि२० आईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । टि२० आईमा रोहितपछि भारतीय ब्याटर विराट कोहलीले २९, पाकिस्तानका कप्तान बाबर आजमले २५ र अष्ट्रेलिया ओपनर डेविड वार्नरले २२ अर्धशतक प्रहार गरेका छन् ।

भारतले आजको खेलमा लोकेश राहुललाई विश्राम दिएको छ । सुरुवाती दुई खेलमा साथ सिरिज जितेको भारतले राहुल र स्पिनर रविचन्द्रन आश्विनलाई विश्राम दिएको थियो । ओपनर रोहित शर्मा र ईशान किशनले ६.२ ओभरमा ६९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर मिचेल सान्टनारको सातौं ओभरको दोस्रो बलमा ईशान टिम सिफर्टबाट २९ रनमा क्याच आउट भएका थिए । किशनले २१ बलमा ६ चौका प्रहार गरे । ईशान आउट भएको चार बलपछि सूर्यकुमार यादव मार्टिन गुप्टिलबाट शून्यमा क्याच आउट हुन पुगेका थिए ।

सान्टनारलेनै नवौं ओभरको अन्तिम बलमा ऋषभ पन्तलाई ४ रनमा जिमी निशमबाट क्याच आउट गराएपछि न्युजिल्यान्ड खेलमा फर्किएको थियो । टिम साउथीलाई बेन्चमा राख्दै सान्टनरले न्युजिल्यान्डको कप्तानी गरेका छन् । स्पिनर ईश सोधी बलमा रोहित कट एण्ड बोल्ड आउट भएका थिए ।

पाँचौं विकेटका लागि श्रेयस ऐर वेंकटेश ऐरले ३६ रनको साझेदारी गरेका थिए । श्रेयसलाई एडम मिल्नेले २५ रनमा क्याच आउट गराए । श्रेयसले २० बलमा २ चौका प्रहार गरे । वेंकटेश १५ बलम १ चौका र १ छक्कासहित ट्रेन्ट बोल्टको बलमा २० रनमा क्याच आउट भए । हर्षल पटेल ११ बलमा २ चौका र १ छक्का सहित १८ रनमा हिट विकेटको रुपमा आउट भए । दीपक चाहर तल्लोक्रममा ८ बलमा २ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे ।

कार्यवाहक कप्तान मिचेल सान्टनारले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुनस ट्रेन्ट बोल्ट, एडम मिल्ने र ईश सोधीले १–१ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.