4 years ago
November 21, 2021
एजेन्सी – स्पिनर अक्षर पेटलको घातक बलिङको सहयोगमा भारतले न्युजिल्यान्डसँगको तीन टि२० आई सिरिजमा सानदार क्लिनस्विप गरेको छ । तेस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ७३ रनले हराउँदै सिरिजमा क्लिनस्वीप गरेको हो ।

जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १७.२ ओभरमाा १ सय ११ रनमा अल आउट भयो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ३६ बलमा ४ चौका र ४ छक्का सहित सर्वाधिक ५१ रन बनाए । विकेटकिपर टिम सिफर्ट १८ बलमा १ चौका सहित १७ रनमा आउट भए । लोकी फर्गुसनले ८ बलमा २ छक्का सहित १४ रनमा आउट भए ।
स्पिनर अक्षर पटेलले न्युजिल्यान्डको शीर्षक्रम धरासय बनाएका थिए । तेस्रो ओभरको पहिलो बलमै अक्षरले डर्याल मिचेललाई हर्षल पटेलबाट ५ रनमा क्याच आउट गराए । अक्षरले यसै ओभरको अन्तिम बलमा मार्क च्यापम्यानलाई शून्यमा स्टम्पिङ आउट गराए । पाँचौं ओभरको चौथो बलमा अक्षरले ग्लेन फिलिप्सलाई शून्यमा बोल्ड आउट गरेपछि न्युजिल्यान्ड ३०–३ को अवस्थामा पुगेको थियो ।
त्यसपछि भने न्युजिल्यान्डले लगातार विकेट गुमाएको थियो । जिमी निशम ३, मिचेल सान्टनार २ र एडम मिल्ने ७ रनमा आउट भएपछि न्युजिल्यान्डको जितको सम्भावना सकिएको थियो । भारतका स्पिनर अक्षर पटेलले ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । हर्षल पटेलले ३ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । दीपक चाहर, युजभेन्द्र चहल र वेंशटेश ऐरले १–१ विकेट लिए ।

त्यसअघि इडेन गार्डेन कोलकतामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले ३१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिएका थिए ।
रोहितको यो टि२० आई करिअरको ३० औं अर्धशतक हो । रोहित टि२० आईमा सर्वाधिक अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । टि२० आईमा रोहितपछि भारतीय ब्याटर विराट कोहलीले २९, पाकिस्तानका कप्तान बाबर आजमले २५ र अष्ट्रेलिया ओपनर डेविड वार्नरले २२ अर्धशतक प्रहार गरेका छन् ।
भारतले आजको खेलमा लोकेश राहुललाई विश्राम दिएको छ । सुरुवाती दुई खेलमा साथ सिरिज जितेको भारतले राहुल र स्पिनर रविचन्द्रन आश्विनलाई विश्राम दिएको थियो । ओपनर रोहित शर्मा र ईशान किशनले ६।२ ओभरमा ६९ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर मिचेल सान्टनारको सातौं ओभरको दोस्रो बलमा ईशान टिम सिफर्टबाट २९ रनमा क्याच आउट भएका थिए । किशनले २१ बलमा ६ चौका प्रहार गरे । ईशान आउट भएको चार बलपछि सूर्यकुमार यादव मार्टिन गुप्टिलबाट शून्यमा क्याच आउट हुन पुगेका थिए ।

सान्टनारलेनै नवौं ओभरको अन्तिम बलमा ऋषभ पन्तलाई ४ रनमा जिमी निशमबाट क्याच आउट गराएपछि न्युजिल्यान्ड खेलमा फर्किएको थियो । टिम साउथीलाई बेन्चमा राख्दै सान्टनरले न्युजिल्यान्डको कप्तानी गरेका छन् । स्पिनर ईश सोधी बलमा रोहित कट एण्ड बोल्ड आउट भएका थिए ।
पाँचौं विकेटका लागि श्रेयस ऐर वेंकटेश ऐरले ३६ रनको साझेदारी गरेका थिए । श्रेयसलाई एडम मिल्नेले २५ रनमा क्याच आउट गराए । श्रेयसले २० बलमा २ चौका प्रहार गरे । वेंकटेश १५ बलम १ चौका र १ छक्कासहित ट्रेन्ट बोल्टको बलमा २० रनमा क्याच आउट भए । हर्षल पटेल ११ बलमा २ चौका र १ छक्का सहित १८ रनमा हिट विकेटको रुपमा आउट भए । दीपक चाहर तल्लोक्रममा ८ बलमा २ चौका र १ छक्का सहित २१ रनमा अविजित रहे ।

कार्यवाहक कप्तान मिचेल सान्टनारले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । लोकी फर्गुनस ट्रेन्ट बोल्ट, एडम मिल्ने र ईश सोधीले १–१ विकेट लिए ।
रोहितले पूर्ण कप्तानी पाएको पहिलो सिरिजमै क्लिनस्वीप गरेका छन् । भारतीय प्रशिक्षक राहुल द्रविडले पनि क्लिनस्वीपका साथ सुरुवात गरेका छन् । भारत पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । भारत र न्युजिल्यान्डबीच दुई टेस्ट सिरिज हुनेछ । पहिलो टेस्ट नोभेम्बर २५ देखि सुरु हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]