default_image

4 years ago

November 22, 2021

हङकङसँग खेल्दै नेपाल

160 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज हङकङसँग खेल्दै छ । खेल नेपाली समय अनुसार मधाहन्न ११ : १५ मा युएईको आइसिसी एकेडेमी नम्बर २ दुबईमा सुरु हुनेछ । उपाधिको प्रमुख दाबेदार नेपाल कमजोर हङकङमाथि सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । हङकङ नेपाललाई स्तब्ध पार्दै अघिल्लो चरणको सम्भावना बलियो बनाउने सोचमा छ ।

६ टोली सम्मिलित यस प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टि२० ग्लोबल छनोटमा स्थान बनाउनेछन् । पहिलो पटक विश्वकप खेल्ने सोचमा रहेको नेपाली महिला क्रिकेट टोलीको लागि यो सुरुवात हो । नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन डब्लूटि२० आई सिरिज खेलेको थियो । उक्त सिरिजमा महिला टोलीले क्लिनस्वीप गरेको थियो । कतारसँग खेल्नुअघि बंगलदेशको क्रिरा शिक्षा प्रतिष्ठिानसँग पनि तीन अभ्यास खेल खेलेको थियो ।

कतारमा भ्रमणमा ओपनर सीता राना मगरले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । सीताले कतारसँग पहिलो खेलमा ३९ र तेस्रो खेलमा ८२ रनको अविजित इनिङ खेलेकी थिईन । अनुभवी तथा प्रमुख खेलाडी सीताको उच्च लय नेपाललाई थप सहज हुनेछ । कतारसँग ईन्दु बर्मा र रुविना क्षेत्री बेलबासेले अर्धशतकीय इनिङ खेलेकी थिइन् । सरिता मगर पनि राम्रो लयमा देखिएका छन् । अलराउन्डर कविता कुँवर, कविता जोशी र डली भट्ट रहनेछन् ।

कविता जोशी र डली भट्ट नेपालका फिनिसर हुन् । नेपालले तीव्र गतिका बलरमा कविता कुँवर र सबनम राईलाई खेलाउने छ । प्रमुख स्पिनरमा संगिता राई र करुणा भण्डारी रहनेछन् । सीताको ओपनरमा काजल श्रेष्ठको सम्भावना छ । सीता, रुविना र कविता कुँवर नेपालका प्रमुख हतियार हुन् ।

नेपाली महिला टोलीले २०१९ को टि२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई ४ विकेटले हराएको थियो । त्यसपछि नेपाल र हङकङको भेट भएको छैन ।

वुमन्स टि२० विश्वकप एसिया छनोटबारे जानकारी

आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट २०२३ मा दक्षिण अफ्रिकामा हुने टि२० विश्वकपको लागि यात्रा सुरुवात हो । टि२० विश्वकप २०२३ स्थान बनाउन नेपालले दुई छनोट खेल्ने पर्नेहुन्छ । नेपाल एसिया छनोटमा च्याम्पियन बनेमा ग्लोबल छनोटमा स्थान बनानेछ । ग्लोबल छनोटमा नेपाल सहित विभिन्न क्षेत्रबाट आएका पाँच टोली हुनेछन् ।

आइसिसीका शीर्ष १२ टि२० आई वरीयता भएका टोलीले क्षेत्रिय छनोट खेल्नु पर्दैन । ११ टेस्ट टोलीसँगै थाईल्यान्ड सिधैं विश्वकप खेल्ने दौडमा छन् । टेस्ट टोली अफगानिस्तान प्रतियोगितामा हुने छैन । दक्षिण अफ्रिका घरेलु टोली हुँदा सोझै विश्वकपमा छनोट भएको छ । अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, भारत, वेस्टइन्डिज, पाकिस्तान, श्रीलंका, बंगलादेश, आयरल्यान्ड, थाईल्यान्ड, जिम्बावे मध्य शीर्ष ७ टोली सोझैं विश्वकपमा पुग्नेछन् ।

२०२१ नोभेम्बर ३० मा महिला टि२० वरीयता शीर्ष ७ मा रहने टोलीले सोझै विश्वकपको लागि छनोट हुनेछन् । बाँकी चार टोली नेपाल सहित विभिन्न क्षेत्रबाट छनोट भएर आएका टोलीसँग ग्लोबल छनोटमा भिड्नेछन् । जसमा शीर्ष दुई टोलीले २०२३ मा हुने टि२० विश्वकपमा स्थान बनाउने छन् ।

नेपाली महिला टोलीः

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र सङ्गीता राई ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.