4 years ago
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । युएईको आइसिसी एकेडेमी नम्बर २ दुबईमा हङकङकी कप्तान केरी चानले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् ।

उपाधिको प्रमुख दाबेदार नेपाल कमजोर हङकङमाथि सहज जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । हङकङ नेपाललाई स्तब्ध पार्दै अघिल्लो चरणको सम्भावना बलियो बनाउने सोचमा छ ।
६ टोली सम्मिलित यस प्रतियोगिताको विजेताले २०२२ मा हुने महिला टि२० ग्लोबल छनोटमा स्थान बनाउनेछन् । पहिलो पटक विश्वकप खेल्ने सोचमा रहेको नेपाली महिला क्रिकेट टोलीको लागि यो सुरुवात हो । नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन डब्लूटि२० आई सिरिज खेलेको थियो । उक्त सिरिजमा महिला टोलीले क्लिनस्वीप गरेको थियो । कतारसँग खेल्नुअघि बंगलदेशको क्रिरा शिक्षा प्रतिष्ठिानसँग पनि तीन अभ्यास खेल खेलेको थियो ।
नेपाली महिला टोलीले २०१९ को टि२० विश्वकप एसिया क्षेत्र छनोटमा हङकङलाई ४ विकेटले हराएको थियो । त्यसपछि नेपाल र हङकङको भेट भएको छैन ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]