4 years ago
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते ओपनर तथा उपकप्तान सीता रानामगर र इन्दु बर्माको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा हङकङलाई १ सय ५ रनको मध्यम लक्ष्य दिएको छ ।

आइसिसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनायो । नेपालका लागि सीता रानामगर ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रनमा अविजित रहिन् । ईन्दु बर्मा ३६ बलमा ३ चौका सहित ३१ रनमा रन आउट भइन् । नेपालले २७ रन एक्स्ट्रा(अतिरिक्त) पाएको थियो ।
तेस्रो विकेटका लागि इन्दु र सीताले ८१ रनको साझेदारी गरेका थिए । यो तेस्रो विकेटका लागि नेपाली महिला टि२० आईमा भएको सर्वाधिक ठूलो साझेदारी हो । समग्रमा नेपाली महिला टि२० आईमा बनेको दोस्रो ठूलो साझेदारी हो । कतारविरुद्ध दोस्रो विकेटका लागि इन्दु र सीताले ८८ रनको साझेदारी गरेका थिए । जुन नेपाली महिला टि२० आईको सर्वाधिक ठूलो साझेदारी थियो ।
नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर कविता कुँवरलाई शून्यमा गुमाएको थियो । बेट्टी चानले मरिको हिलबाट कवितालाई क्याच गराएकी थिइन् । दोस्रो विकेटका लागि काजल श्रेष्ठ र सीताले ४५ बलमा २१ रनको साझेदारी गरेका थिए । काजल कप्तान केरी चानको आठौं ओभरको पाँचौं बलमा ४ रनमा हिलबाट क्याच हुन पुगेकी थिइन् । २३ बल खेलेकी काजलले कुनै बाउन्ड्री प्रहार गर्न सकिनन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]