4 years ago
November 22, 2021
एजेन्सी – पाकिस्तानले बंगलादेशसँगको तीन खेलको टि२० आई सिरिज क्लिनस्वीप गरेको छ । पाकिस्तानले तेस्रो खेलमा घरेलु टोली बंगलादेशमाथि ५ विकेटको रोमान्चक जितका साथ सिरिजमा क्लिनस्विप गर्न सफल भएको हो । जितको लागि १ सय २५ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

पाकिस्तानको जितमा हैदर अलीले ३८ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४५ रनको योगदान दिए । पाकिस्तानलाई जितको लागि अन्तिम ६ बलमा ८ रन चाहिँएको थियो । कप्तान महमुदूल्लाह रियादले उत्कृष्ट बलिङ गरेपछि खेल अन्तिम बलमा पुगेको थियो । अन्तिम बलमा दुई रन चाहिँएको अवस्थामा मोहम्मद नवाजले ओभर एक्स्ट्रा कभरमा चौकाका साथ खेल जिताएका थिए ।
पहिलो बलमा शरफराज अहमदलाई डट राखेका थिए । दोस्रो बलमा शरफराज र तेस्रो बलमा हैदर अली क्याच आउट हुन पुगे । चौथो बलमा इफितखर अहमदले छक्का प्रहार गरेका थिए । तर पाँचौं बलमा अहमदपनि क्याच आउट भएपछि खेल रोचक बनेको थियो । मोहम्मद रिजवानले ४३ बलमा २ चौका र १ छक्का सहित ४० रन बनाए । बाबर आजम १९, शरफराज अहमद र इफ्तिखर अहमदले ६–६ रन बनाए । बंगलादेशका कप्तान महमुदूल्लाहले १ ओभरमा १० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । शहिदुल ईस्लाम र अमिनुल ईस्लामले १–१ विकेट लिए ।
त्यसअघि शेरे बंगला नेशल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । बंगलादेशका ओपनर मोहम्मद नईमले ५० बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए । शमिम हुसैन २२, अफिफ हुसैन २० र महमुदूल्लाह १३ रनमा आउट भए । पाकिस्तानका मोहम्मद वासिम जुनियरले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । उस्मान कादिरले २, शाहनवाज डाहनी र हरिस रौफले १–१ विकेट लिए ।
पाकिस्तान पहिलो टि२० खेलमा ४ विकेट र दोस्रो टि२० आई खेलमा ८ विकेटले विजयी भएको थियो । पाकिस्तान र बंगलादेशबीच अव दुई टेस्ट खेलको सिरिज हुनेछ । पहिलो टेस्ट खेल नोभेम्बर २६ देखि सुरुहुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]