default_image

4 years ago

November 22, 2021

नेपालले हङकङसँग हार्नुका पाँच कारण

219 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमै नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने लक्ष्य राखेको नेपाललाई ठूलो झट्का लागेको छ ।

६ टोलीबीचको यस प्रतियोगितामा नेपाललाई शीर्ष स्थानमा रहँदै २०२२ को ग्लोबल छनोटमा पुग्न बाँकी चारै खेलमा जित निकालेर मात्र पुग्दैन । हङकङले बाँकी चार मध्य खेलमा हारेको हुनुपर्छ । अथवा अन्य नतिजा पनि नेपाल अनुकुल आएमा मात्र सहज हुनेछ । त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर टु मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । नेपालका लागि सीता रानामगर ५८ बलमा ४ चौकासहित सर्वाधिक ४० रनमा अविजित रहेकी थिइन् । ईन्दु बर्मा ३६ बलमा ३ चौका सहित ३१ रनमा रन बनाए । कमजोर हङकङविरुद्ध विशाल योगफलको अपेक्षा गरेपनि विपरित प्रदर्शन गरे ।

जितको लागि १ सय ५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । हङकङको जितमा ओपनर मारिको हिलले ४२ बलमा ४ चौका सहित ४४ रनको अविजित उत्कृष्ट विजयी इनिङ खेलिन् । प्रमुख तथा सर्वाधिक बलियो टोली नेपाललाई हराएसँगै हङकङको ग्लोबल सम्भावना बलियो बनेको छ । कमजोर टोलीसँगको अप्रत्याशित हारले नेपाललाई थप दबाब थपेको छ । नेपालले कमजोर मानिएको हङकङसँग हार्नुमा सबैभन्दा बढी दोष खेलाडीको प्रदर्शननै हो । तर खेलाडीलाई मात्र दोष दिन मिल्दैन । समग्रमा नेपालले हङकङसँग हार्नुका प्रमुख ५ कारण यस प्रकार छन् ।

५.कमजोर ब्याटिङ

नेपालको हारको कारण कमजोर ब्याटिङ हो । यसमा कुनै शंका छैन । नेपालले २० ओभरमा १ सय ४ रन मात्र बनायो । १ सय २० बल खेलेको नेपालले बल अनुसार पनि रन जोड्न सकेन । २७ रन अतिरिक्त पाएको थियो । विश्व क्रिकेटमा धेरै परिवर्तन आई सकेको छ । तर नेपाल पुरानै शैलीको क्रिकेट खेल्यो । अव १ सय रन बनाएर जित निकाल्न कठिन पर्छ । अर्कोतर्फ हङकङलाई ग्लोबलमा पुग्न नेपाल प्रमुख तगारो थियो । तर नेपालले सामान्य योगफल बनायो । प्रमुख ओपनर काजल श्रेष्ठको बाबजुद कवित कुँवरलाई ओपनिङ गराएको थियो । टिम व्यवस्थापन, कप्तान र प्रशिक्षकको कमजोरी देखिन्छ । हङकङलाई कमजोर सम्झिनु नेपाललाई भारी पर्यो ।

४.बलिङ नचल्नु

सधैं ब्याटिङ उत्कृष्ट हुन्छ भन्ने हुँदैन । त्यो अवस्थामा बलरमा निर्भर रहनुपर्छ । तर नेपालका बलरको आजको खेलमा प्रदर्शन अपेक्षा अनुसार हुन सकेन । नेपालले १ सय ४ रन बनाएपछि खेलमा निरन्तर विकेट लिन सक्नुपर्ने हुन्थ्यो । अथवा सुरुवातमा नेपालले विकेटका साथ दबाबमा राख्न सक्थ्यो । सीता र कविता कुँवरले समान ४ ओभरमा १८–१८ रन खर्चेर १–१ विकेट लिए ।

सबनम राईले २ ओभरमा १४ रन खर्चेर १ विकेट लिइन् । करुणा भण्डारीले २ ओभरमा १७ रन खर्चिन् । हङकङले सुरुवाती १० ओभरमा २ विकेट गुमाउदै ५४ रन बनाएको थियो । स्कोर बोर्डमा सामान्य लक्ष्य हुँदा कुनै दबाब थिएनन् । नेपाली बलरले सुरुवाती समय विकेट लिन सकेको भए दबाबमा थप विकेट आउथ्यो । लो स्कोरमा विकेट विना जित असम्भव मानिन्छ । नेपालको हारमा बलरहरुले विकेट लिन नसक्नु पनि एक कारण हो । बलरले विकेट लिन सकेको भए सामान्य योगफलमै पनि जित निकाल्न सक्थ्यो ।

३. कमजोर टोलीसँग तयारी

कमजोरी पत्ता र समस्याको लागि आफू भन्दा बलियो टोलीसँग खेल्नुपर्छ । हारमा कमजोरी देखिदैनन् र देखिए पनि खासै ख्याल् गरिदैन । नेपालले तयारीको रुपमा कमजोर कतारसँग तीन महिला टि२० आई सिरिज खेलेको थियो । कमजोर कतारमाथि सहज जित निकालेको नेपाल निकै उत्साहित थियो । तर कतारसँगको उत्साह र खुसी धेरै समय टिक्न सकेन ।

कमजोर ओपनिङ, ब्याटिङ, डट बलको समस्या कतार र बंगलादेश भ्रमणमा नदेखिएका होईनन् । तर जितसँगै ती समस्यामा टोलीले ध्यान दिएन । जसको कारण प्रमुख खेलमा हार्न पुग्यो । अभ्यासमा ठूला टोलीसँगको हारले फरक पर्दैन । त्यसले कमजोरी देखाउँछ र सुधार गर्दै राम्रो प्रदर्शन हुन्छ । कमजोर टोलीसँगको तयारीले नतिजा पनि त्यसै अनुसार आयो ।

२. बाउन्ड्री प्रहार गर्न नसक्नु

नेपालको सुरुवात निकै सुस्त थियो । सुरुवाती ७ ओभरमा नेपालले १ विकेट गुमाउँदै १६ रन बनाएको थियो । नेपालले सुरुवाती ७ ओभरमा कुनैपनि बाउन्ड्री प्रहार गरेको थिएन । नेपालले पहिलो बाउन्ड्री ४३ बलमा प्रहार गरेको थियो । सीताले आठौं ओभरको पहिलो बलमा नेपालको लागि पहिलो चौका प्रहार गरेकी थिइन् । नवौं ओभरमा सीताले दोस्रो, तेस्रो र चौथो बलमा लगातार तीन चौका प्रहार गरेकी थिइन् ।

तर नेपालले पाँचौ चौका १७ औं ओभरको अन्तिम बलमा प्रहार गरेको थियो । नेपालले ५० बलपछि बल्ल चौका प्रहार गरेको थियो । नेपालसँग हातमा विकेट हुँदा हुँदै पनि आक्रामक सटको जोखिम लिन सकेन । आठौं ओभरको पाँचौं बलमा काजल श्रेष्ठ दोस्रो विकेटको रुपमा भएकी थिइन् । तेस्रो विकेट नेपालले अन्तिम ओभरको पाँचौं बलमा इन्दुलाई गुमाएको थियो ।

हातमा ८ विकेट रहेपनि बाउन्ड्रीको जोखिम लिनुपर्ने थियो । ६, ७ विकेट गुमाएको अवस्थामा भए त्ये भिन्दै कुरा थियो । तर हातमा प्रमुख ब्याटर हुँदा पनि जोखिम लिन सकेन । टि२० क्रिकेटनै आक्रामक खेल हो । आक्रामक सटको जोखिम लिनुपर्छ । बाउन्ड्री विना टि२० मा जित कठिन पर्छ । कुल १ सय २० बल मध्य नेपालले खेलमा ७ मात्र चौका प्रहार गरेको छ । छक्का नेपालको लागि शून्य रह्यो । हातमा विकेट भएपनि बाउन्ड्री प्रहार गर्न नसक्दा नेपालले सामान्य योगफलमा समेटिएको थियो । जुन जितको लागि पर्याप्त थिएन । नेपालले बनाएको १ सय ४ मध्य २७ रन अतिरिक्त थियो । बाउन्ड्रीको जोखिम लिन नसक्नु हारको मुख्य कारण हो ।

१. डट बल

नेपालको हारको प्रमुख कारण डट बल हो । नेपालले १ सय २० बल मध्य ६८ बलमा कुनै रन जोड्न सकेको थिएन । जुन हारको प्रमुख कारण थियो । ६८ बल मध्य नेपालले ३० रन मात्रै बनाउन सकेको भए सहजै खेल जित्न सक्थ्यो । सुरुवाती ६० बल मध्य नेपालले ४२ बल डट खेलेको थियो । पावर प्लेमा खेलाडीले आक्रामक रुपमा रन बनाउनु पर्ने हुन्छ ।

तर नेपालले पावर प्लेको ३६ बल अर्थात ६ ओभरमा ३० बल डट खेलेपछि १४–१ को अवस्थामा थियो । नेपालले अन्तिम १० ओभरमा २५ बल डट खेलेको थियो । कविता कुँवर २ बलमा शून्य, काजल श्रेष्ठ २३ बलमा ४, सीता ५८ बलमा ४० र इन्दु ३७ बलमा ३१ रन बनाएका थिए । डट बलमा कमी गर्दै सिंगल रन मात्र जोड्न सकेको भए पनि नेपालले सहजै जित्न सक्थ्यो । टि२० मा दुई डट बलले पनि धेरै फरक पार्छ । तर नेपालले २० ओभर मध्य ११.२ बलमा कुनैपनि रन बनाउन सक्यो । जुन हारको कारण हो । आगमी खेलमा नेपालले डट बलमा कमी गर्दै सिंगल रन जोड्न विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.