default_image

4 years ago

November 22, 2021

कुशल र दीलिप चम्कँदा पुलिस सेमिफाइनलमा

259 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीको सेमिफाइनलमा पुगेको छ । सोमबार समूह ए को अन्तिम खेलमा पुलिसले प्रदेश नम्बर १ लाई ३२ रनले हराउँदै पुलिसले सेमिफाइनलमा स्थान पक्का गर्यो ।

टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो । पुलिसका कुशल भुर्तेलले ३९ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ४७ रनको योगदान दिए ।

अनिल कुमार शाह ३५ बलमा ३ चौका र १ छक्का सहित ३८ रनमा अविजित रहे । दीलिप नाथले १५ बलमा ४ छक्का र २ चौका सहित आक्रामक ३९ रनको इनिङ खेले । सुनिल धमला १४, शंकर राना ३ र अमित श्रेष्ठ २ रनमा आउट भए । प्रदेश १ का मनोज तामाङले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । मुकुन्द यादव र फिर्दोस अन्सारीले १–१ विकेट लिए ।

जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनायो । प्रदेश १ का श्रवण यादवले ३९ बलमा ३ चौका र ३ छक्का सहित ५१ रनको अविजित इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । कप्तान सिद्धान्त लोहनले २४ बलमा ३ चौका सहित २५ रन बनाए । मुकुन्द यादवले २० रनमा आउट भए । पुलिसका मन्जित श्रेष्ठले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । राशिद खान, सागर ढकाल, ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए ।

समूह ए बाट पुलिस र प्रदेश २ सेमिफाइनलमा पुगेका छन् । समूह बी का खेलहरु मंगलबारबाट सुरु हुनेछन् । समूह बी मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, लुम्बिनी प्रदेश र हरपुर क्रिकेट क्लब छन् । सेमिफाइनल मंसिर १० मा हुनेछन् । फाइनल मंसिर ११ मा हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गर्नेछन् । मंगलबार आर्मी र हरपुर तथा एपिएफ र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.