4 years ago
November 23, 2021
एजेन्सी – युवा आक्रामक ब्याटर तथा फिनिसर शाहरुख खानको अन्तिम बलमा छक्कासँगै तामिल नाडुले भारतीय लोकप्रिय शैद मुश्ताक अली ट्रफीको उपाधि जितेको छ । तामिल नाडुले फाइनलमा कर्नाटकालाई ४ विकेटले हराउँदै उपाधि जितेको हो ।

जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको तामिल नाडुले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै पूरा गर्यो । तामिल नाडुलाई उपाधि जित्न अन्तिम बलमा पाँच रन चाहिएको थियो । शाहरुख खानले प्रतिक जैनलाई अन्तिम बलमा छक्का प्रहार गर्दै उपाधि जिताए । तामिल नाडुले अन्तिम ओभरमा १६ रन बनाउँदै उपाधि जितेको हो ।
शाहरुख खान १५ बलमा १ चौका र ३ छक्का सहित ३३ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिए । नारायण जगदिशनले ४६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रन बनाए । कप्तान विजय शंकरले २२ बलमा १८ रन जोडे । कर्नाटका केसी चरिप्पाले सर्वाधिक २ विकेट लिए ।
त्यसअघि अरुण जेन्टली स्टेडियम दिल्लीमा टस हारेर ब्याटिङ थालेको कर्नाटकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । कर्नाटका अभिनव मनोहरले ३७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४६ रन बनाए । मनिष पाण्डे १३ र करुण नायर १८ रनमा आउट भए । तामिल नाडुका रविश्रीनिवास साई किशोरले सर्वाधिक ३ विकेट लिए ।
इन्डियन प्रिमियर लिग (आइपिएल) पछि शैद मुस्ताक अली ट्रफी भारतको सर्वाधिक लोकप्रिय टि२० खेल हो । जुन प्रतियोगितालाई टि२० को मान्यता दिएको छ । आइपिएलमा खेलाडी अक्सनमा अनुबन्ध गर्दा शैद मुश्ताक अली ट्रफीको प्रदर्शनलाई विशेष आधार मान्ने गरिन्छ । शाहरुख खानले आइपिएल पन्जाब किंग्सबाट खेल्ने गर्दछन् । अव भारतमा ५० ओभरमो विजय हजारे र प्रथम श्रेणीको रणजी ट्रफी घरेलु प्रतियोगिताको रुपमा हुनेछन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]