default_image

4 years ago

November 23, 2021

हुसैनको ७ विकेटसँगै लुम्बिनीको सानदार विजयी सुरुवात

245 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर मोहम्मद हुसैनको ७ विकेटसँगै यू-१९ राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले सानदार विजयी सुरुवात गरेको छ । मुलपानीमा भएको पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

माथिल्लो मुलपानी मैदानमा टस जितेर ब्याटिङ थालेको गण्डकी १४.२ ओभरमा २३ रनमा अल आउट भएको थियो । गण्डकीका ७ खेलाडीले खाता खोल्न सकेनन् । गण्डकीका अर्जुन कुमालले १७ बलमा १ चौका सहित सर्वाधिक ६ रन बनाए । विष्णु पाण्डे ५ र सचिनराज अधिकारीले २ रन बनाए । तीव्र गतिका बलर मोहम्मद हसैनले ७ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ७ विकेट लिए ।

२४ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ५.५ ओभरमा १ विकेट खर्चेर पूरा गर्यो । लुम्बिनीका कप्तान देव खनालले २० बलमा ४ चौका सहित सर्वाधिक १८ रन बनाए । विराट भण्डारी ८ रनमा अविजित रहे । लुम्बिनीले दोस्रो खेलमा बुधबार कर्णालीसँग टियु मैदानमा खेल्नेछ । बुधबार मुलपानीमा गण्डकीले बागमतीसँग खेल्नेछ । टियुमा बागमती प्रदेश र प्रदेश नम्बर १ बीच प्रतिस्पर्धा जारी छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.