default_image

4 years ago

November 23, 2021

भीम र साहब चम्कँदा आर्मीको विजयी सुरुवात

269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर भीम सार्कीको अर्धशतकीय इनिङसँगै त्रिभुवन आर्मी क्लबले बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह बी मा रहेको आर्मीले आयोजक हरपुर क्रिकेट क्लबलाई ५२ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।

टस हारेर ब्याटिङ थालेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । आर्मीका भीम सार्कीले ४८ बलमा ४ चौका र २ छक्का सहित ६० रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए । सुशान भारी १५, रोहित कुमार पौडेल ५, राजेश पुलामी २, विनोद भण्डारी १४ र कुशल मल्लले १६ रन बनाए । हरपुरका मुकेश कुमारले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

जितको लागि १ सय २६ रनको विजयी लक्ष्य पछ्याएको हरपुर १७.५ ओभरमा ७३ रनमा अल आउट भयो । हरपुरका फैसुल गानीले १९ र गत्सुल आजमले २१ रन बनाए । आर्मीका साहब आलमले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर ४ विकेट लिए । कुशल मल्लले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । रोहित कुमार पौडेलले २ र सुशान भारीले १ विकेट लिए ।

सोमपाल कामी र विक्रम सोब विकेट विहीन बने । आर्मीले दोस्रो खेलमा बुधबार एपिएफसँग खेल्नेछ । समूह ए बाट नेपाल पुलिस र प्रदेश नम्बर २ सेमिफाइनलमा पुगि सकेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.