default_image

4 years ago

November 23, 2021

हङकङको हारले नेपाललाई फाइदा

416 views

0 Bookmark

एजेन्सी – घरेलु टोली युएईले आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटमा हङकङलाई ११ रनले पराजित गरेसँगै नेपाललाई अघिल्लो चरणको लागि फाइदा भएको छ । सोमबार नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।

शीर्षस्थानमा रहेर नेपाललाई ग्लोबल छनोटमा पुग्न हङकङले एक खेल हार्नुपर्ने समिकरण बनेको थियो । अव नेपालले बाँकी चारै खेलमा जित निकालेको खण्डमा शीर्ष स्थानमा ग्लोबल छनोटमा पुग्न सक्नेछ । हङकङको हारले नेपाललाई अघिल्लो चरणको यात्रा केहि सहज बनाएको छ ।

जितको लागि १ सय २९ रनको विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटियो । हङकङकी नताशा मिल्स ३७ बलमा ५ चौका सहित सर्वाधिक ३७ रनको योगदान दिइन् । मारिको हिल र कप्तान केरी चानले २४–२४ रन बनाइन् । युएईकी चया मुगल र इशा रोहितले २–२ विकेट लिइन् ।

त्यसअघि आइसिसी एकेडेमी दुबईमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो । युएईले इशा ओझाले २२, काभिसा इगोडागे २८ र चया मुगलले २० रनको योगदान दिए । हङकङकी केरी चानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिइन् ।

युएईले पहिलो खेलमा मलेसियालाई ३० रनले हराएको थियो । युएईले भुटान, कुवेत र नेपालसँग खेल्न बाँकी छ । नेपालले युएईलाई हराएको खण्डमा नेटरनरेटको आधरमा शीर्ष स्थानमा रहनसक्छ । बाँकी खेलमा विशाल जितको आवश्यक देखिन्छ । नेपालले आज भुटानसँग खेल्दैछ ।
युएई २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । हङकङको २ खेलमा १ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । नेपाल १ खेलमा

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.