default_image

4 years ago

November 23, 2021

लवको उत्कृष्ट बलिङसँगै प्रदेश १ को विजयी सुरुवात

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर लव कामतको उत्कृष्ट बलिङमा प्रदेश १ ले यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्धघाटन खेलमा प्रदेश १ ले बागमतीलाई २६ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको बागमती ३१.४ ओभरमा १ सय ४९ रनमा अल आउट भयो । बागमतीका विपिन शाहीले ५७ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४३ रनको योगदान दिए । बायाँ हाते ब्याटर विवेक मगरले ५१ बलमा ८ चौका सहित ४२ रनको योगदान दिए ।

बागमतीले ओपनर सुर्यान्शु कोइरालालाई ५ र उत्तम मगरलाई ४ रनमा गुमाएको थियो । सुर्यान्शु तीन रन लिनेक्रममा रन आउट भएका थिए । तेस्रो विकेटका लागि विपिन र विवेकले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्काएका थिए । स्पिनर लवले २१ औं ओभरको दोस्रो बलम विवेकलाई सुमिरन राईबाट क्याच गराएपछि प्रदेश १ ले उत्कृष्ट पूनरागमन गरेको थियो ।

राम्रो अवस्थामा रहेको बागमतीको मध्यक्रम लवले ध्वस्त बनाएपछि बागमतीले हार्नु परेको हो । स्वपनिल अधिकारी १, प्रतिक श्रेष्ठ १०, प्रतिश जि.सी. ९ र कृश कार्की ४ रनमा आउट भए । प्रदेश १ का लव कामतले ६ ओभरमा २५ रन खर्चेर ५ विकेट लिए । स्पिनर दीपेश कँडेलले ९.४ ओभरमा १ मेडन सहित ४० रन खर्चेर ३ विकेट लिए । दीपक जोशीले १ विकेट लिए ।

त्यसअघि टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एक ४५.३ ओभरमा १ सय ७५ रनमा अल आउट भएको थियो । लव कामतले ६९ बलमा ५ चौका सहित ३३ रनमा आउट भएका थिए । तल्लोक्रममा दीपक जोशीले २३ बलमा ३ चौका र २ छक्का सहित तल्लोक्रममा महत्वपूर्ण ३३ रन जोडेका थिए । सोनु अन्सारीले ७३ बलमा ४ चौका सहित ३२ रनमा आउट भए । दीपेश कंडेल २३ रनमा आउट भए ।

बागमतीका कृश कार्कीले १० ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । स्पिनर तिलक भण्डारीले १० ओभरमा १ मेडन सहित २४ रन खर्चेर ३ विकेट लिए । कप्तान प्रतिश जि.सीले ९ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । गौतम केसी र विवेक मगरले १–१ विकेट लिए । बागमतीले दोस्रो खेलमा मुलपानीमा बुधबार गण्डकीसँग खेल्नेछ । प्रदेश १ ले विहीबार कर्णाली प्रदेशसँग मुलपानीमा प्रतिस्पर्धा गर्नेछ । आजको अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.