4 years ago
November 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी वुमन्स टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । भुटानमाथि सहज जितका साथ नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको छ ।

जितका लागि ६२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा इन्दु बर्मा २४ बलमा १८ रनमा अविजित रहिन् । अर्की ओपनर सीता रानामगर १३ बलमा २ चौका सहित १७ रनमा क्याच आउट भइन् । पहिलो विकेटका लागि सीता र इन्दुले ४.२ ओभरमा ३७ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्री बेलबासे १२ बलमा १ चौकासहित १० रनमा रन आउट भइन् । कविता जोशी २ बलमा चौका प्रहार गर्दै ८ रनमा अविजित रहिन् ।
त्यसअघि आइसिसी एकेडेमी ग्राउन्ड नम्बर २ दुबईमा टस जितेर पहिला ब्याटिङ थालेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ६१ रन जोडेको थियो । न्गावांग चोडेनले ३१ बलमा १ चौका सहित सर्वाधिक ११ रन बनाइन् । विकेटकिपर तथा ओपनर सोनम पाल्डोनले २९ बलमा १ चौका सहित ११ रन बनाइन् । पहिलो विकेटका लागि सोनम र न्गावांगले ७ ओभरमा ३० रन बनाउँदै भुटानको लागि राम्रो सुरुवात दिलाएका थिए । स्पिनर सीता रानामगरले चोडेनलाई बोल्ड आउट गरेपछि भुटानले रनको गति बढाउन सकेको थिएन ।
सीतालेनै सोनमलाई सरस्वती कुमारी चौधरीबाट क्याच गराएकी थिइन् । सीताले डेचेन वांगमो २ रनमा कटएण्ड बोल्ड आउट गरिन् । सोनम चोडेन ६ रनमा अविजित रहे । सीता रानामगरले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । करुणा भण्डारीले ४ ओभरमा १ मेडन सहित ६ रन खर्चेर १ विकेट लिइन् ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपाललाई शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्न बाँकी तीन खेलमा जित्नुपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा बिहीबार कुवेतसँग खेल्नेछ ।
मंसिर ९ (बिहीबार) – कुवेत, ११ : १५ मध्यान्ह
मंसिर १० (शुक्रबार) – मलेसिया, ११ : १५ मध्यान्ह
मंसिर १२ – (आइतबार) युएई, ११ : १५ मध्यान्ह
नेपाली महिला टोलीः
रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र संगिता राई ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]