default_image

4 years ago

November 23, 2021

एपिएफले लुम्बिनीसँग हार्यो

257 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन ट्रफीमा लुम्बिनी प्रदेशसँग स्तब्ध भएको छ । मंगलबार भएको खेलमा लुम्बिनी प्रदेशले एपिएफलाई १६ रनले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी १९.५ ओभरमा १ सय १८ रनमा अल आउट भएको थियो । लुम्बिनी प्रदेशका विक्रम भुषालले ३३ बलमा ४ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । कप्तान कृष्ण कार्कीले २७ बलमा १ चौका र २ छक्का सहित २८ रनको योगदान दिए । सन्दीप रजाली १४ र सौरभ खनाल ४ रनमा आउट भए । सुरुवात कमजोर रहेपनि लुम्बिनी प्रदेशका तल्लोक्रमका ब्याटरले प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए । तुल बहादुर थापाले १३ बलमा ४ चौका सहित २० रनको योगदान दिए ।

एपिएफका तीव्र गतिका बलर किशोर महतोले ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिएका थिए । विपिन कार्की, कप्तान भुवन कार्की, अमरसिंह राउटेलाले १–१ विकेट लिए । जितको लागि १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ १९ ओभरमा १ सय २ रनमा अल आउट भयो । एपिएफका पुरन विकले ३१ बलमा १ चौका सहित सर्वाधिक २५ रनमा अविजित रहे । ओपनर आसिफ शेख १, रित गौतम ८, आयुशमान बम १८, सुमित महर्जन ७, प्रज्वल शाही १४ र किशोर महतोले ५ रन बनाए ।

लुम्बिनी प्रदेशका स्पिनर दीपेन्द्र राउतले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । कृष्ण कार्कीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अमित तामाङले १ र तुल बहादुर थापाले २ विकेट लिए । आजको पहिलो खेलमा आर्मीले हरपुर क्रिकेट क्लबलाई ५२ रनले हराएको थियो । समूह ए बाट नेपाल पुलिस क्लब र प्रदेश २ सेमिफाइनलमा पुगेका छन् । बुधबार लुम्बिनी र हरपुरबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा आर्मी र एपिएफ भिड्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.